News Category 2070/10/11

राजनीति माफियाका कारण मुलुकमा विकास हुन नसकेको ः महासचिव देव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० माघ । 
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा सभासद् जितेन्द्र नारायण देवले राजनीति माफियाका कारण मुलुकमा बिकास हुन नसकेको बताउनुभएको छ ।
सभासद्को रुपमा सपथ लिएरपछि पहिलो पटक गृह जिल्ला आउनुभएका देवले शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो निहीत स्वार्थका लागि मुलुकमा रहेको राजनीतिक माफिया नै देशको बाधक रहेको बताउनुभएको हो । 
सन १९४५ मा स्वतन्त्र भएको भारत र सन १९४७ मा स्वतन्त्र भएको चीन बिश्वमै बिकासको नमुना देशको रुपमा बिकास भएपनि ती देशहरुसँगै सन् १९५० मा राणाबाट मुक्त भएको नेपालमा बिकासले गति लिन नसकेको प्रसङ कोट्याउँदै उहाँले राजनीतिक माफीया र भारत र चीनलाई हेर्ने राजनीतिक दृष्टिकोणमा देखिएको असमानता नै बिकासको बाधक रहेको बताउनुभयो । 
त्यसैले संबिधानसभामा आफुले मुलुकको बिकासका बाधक रहेको राजनीतिक माफिया अन्त्य गर्ने सबालमा, भारत र चीन दुई ठुला राष्ट्रको बिषयमा साझा धारणा बनाउन र बिकासको सबालमा राजनीतिक सहमतिको सबालमा कुरा उठाउने बताउँदै उहाँले राजनीतिक सहमति गरेर अबिलम्ब संबिधानको घोषणा गरी मुलुकको बिकासमा राजनीतिक सहमति कायम गर्नुपर्ने बताउनुभयो ।
सप्तरीको बिकासमा आफुले जिल्लाका अन्य दलका सभासद्हरुसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै जिल्लाको बिकासमा कुनै राजनीति नगर्ने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 
एक अर्को प्रसङमा देवले एमाओवादी सहितको राष्ट्रिय सहमतिको सरकार गठन भए आफ्नो दलपनि सरकारमा सहभागि हुन सक्ने बताउनुभएको छ ।
संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिकै सरकार आवश्यक रहेकोले माओवादी सहितको सबै दल सम्मिलित राष्ट्रिय सरकार बन्ने त्यो सरकारमा आफ्नो दलपनि सरकारमा सहभागि हुन सक्ने महासचिव देवको कथन थियो । 
यही माघ १२ गते बस्ने व्यवस्थापिका संसदको बैठक पश्चात बिधबत रुपमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताउनुहुँदै उहाँले छिट्टै नयाँ सरकार निर्माण हुने बिश्वास समेत ब्यक्त गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट