News Category 2070/10/12

प्रहरी र हात्ती पीडितबिच झडप, प्रहरी सहित डेढ दर्जन घाईते

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको बरमझियामा शनिवार प्रहरी र हात्ती पीडित स्थानियबासी बिच भएको झडपमा आधा दर्जन प्रहरी र एक दर्जन स्थानियबासीहरु घाईते भएका छन् । 
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आउने हात्तीहरुले सप्तरीको फत्तेपुर, कमलपुर, पिप्रापूर्व, जगतपुर, कञ्चनपुर, बदगामा, बरमझिया, बैरवा र भारदह लगायतका गाविसहरुमा आंतक मच्चाउँदै आउँदै आएको भन्दै चक्काजाम गर्न खोजेका स्थानिय हात्ती पीडित र प्रहरीबीच झडप भएको हो । 
झडपमा परी घाईते भएका प्रहरी नायव निरिक्षक शंकर चौधरी, प्रहरी सहायक रवि मगर, प्रहरी सहायक हरिकुमार सुवेदी, प्रहरी हल्दार रमानन्द यादव, प्रहरी हल्दार कृष्ण श्रेष्ठ र प्रही जवान रवि चौधरीको स्थानिय किल्नीक र धर्मेश्वर ठेलिया सिमरामा उपचार भईरहेको छ भने बरमझिया–३ का पप्पु गुप्ता, राजकुमार गुप्ता, बिन्देश्वर यादव, मेहरुम खातुन, नैजुन खातुन र रसुल सेख लगायतका स्थानियहरुको प्राथमिक उपचार केन्द्र कञ्चनपुरमा उपचार भईरहेको जनाएको छ । 
कोशी टप्पु बन्यजन्तु आरक्ष प्रशासन र स्थानिय प्रहरी प्रशासन विरुद्ध शनिवार विहान ७ बजेदेखि ९ बजे सम्म घण्टा चक्काजामको हात्ती पीडित र चक्काजाम खुलाउन गएको बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणबाट आएको सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेका थिए । 
यसैबीच मधेशी जनअधिकार फोरम नेपालकी सभासद् सप्तरी निवासी लक्ष्मी चौधरीले घटनाको घोर भत्र्सना गर्दै घाईतेलाई उपचार तथा पीडितलाई क्षतिपूर्तीको माग गर्नुभएको छ । उहाँले संचारकर्मीलाई टेलिफोन गर्दै प्रहरीले  बलजफ्ती लाठ्ठीचार्ज गरेको घटना अत्यन्त दुःखदायी भएको प्रतिक्रिया दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट