News Category 2070/03/07

महासंघलाई समावेशी बनाउन सबै एकजुट हुनुपर्छ ः मिश्र

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ असार ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश मिश्रले महासंघलाई समावेशी बनाउनुपर्नेमा जोड् दिनुभएको छ ।
मुलुक गणतन्त्रतर्फ उन्मुख भइसकेपनि पत्रकार महासंघजस्तो संस्था समावेशी बन्न नसकेको बताउदै उहाँले यसका लागि सबै पत्रकारलाई अगाडि बढ्नुपर्नेमा जोड् दिनुभयो । ‘हालै भएको महासंघको साधारणसभामा समावेशी बनाउने प्रयास गरिएपनि हुन सकेन’ सप्तरीका संचारकर्मीहरुसँग बिहीबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा अन्तरकृया गर्दै उहाँले भन्नुभयो, ‘‘समावेशी बनाउनका लागि सबै पत्रकारलाई एकजुट भएर अगाडि बढ्नु जरुरी छ ।’’
मधेशमा पत्रकारको संख्या बढेपनि राज्यले उचित ध्यान दिन नसकेका कारण यताका पत्रकारहरु पीडित रहेको उहाँले बताउनुभयो ।
राज्यका साथै ठूला मिडियाहरुले पनि मधेशका पत्रकारहरुलाई उपेक्षा गरिरहेको बताउँदै उहाँले यसका लागि सोंच्नुपर्ने आवश्यक्ता रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट