News Category 2070/10/15

आरक्षको चरा महोत्सव आजदेखि शुरु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ माघ ।
कोशी टप्पु वन्य जन्तु आरक्षको आयोजनामा बुधवारदेखि १४ औं कोशी टप्पु चरा महोत्सव शुरु भएको छ ।
‘‘सिमसार र कृषि अन्तिम साझेदार” भन्ने मुल नाराका साथ माघ १५ गतेदेखि शुरु भएको उक्त महोत्सव माघ २१ गते सम्म सञ्चालन हुने कोशी टप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।
चरा महोत्सव बारे जानकारी दिने उद्देश्यले आरक्ष प्रशासनद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख गंगाराम सिंहले चरा महोत्सव अन्तर्गत माघ १५ गते सरसफाई, माघ १६ गते सप्तरीको बरमझियामा फुटबल प्रतियोगिता, माघ १७ गते सप्तरीको बदगामामा म्युजिकल चेयर प्रतियोगिता, माघ १८ गते सुनसरीको कुशहामा माविस्तरीय हाजरीजवाफ प्रतियोगिता गते तय भएको जानकरी दिनुभयो । 
यस्तै माघ १९ गते सप्तरीको पिप्रापुर्व गाविसस्थित पथरीमा पथरी पोष्टको उद्घाटन, माघ २० गते अन्तरमावि स्तरीय चित्र प्रतियोगिता र माघ २१ गते पुरस्कार बितरण तथा समापन कार्यक्रम गर्ने तय भएको जानकारी दिनुभयो । 
उचित बाँस स्थानको आभावमा चराचुरुङीहरुको संख्या दिनप्रतिदिन घट्दै गएकोले त्यसमा सुधार ल्याउन चरा महोत्सव गर्न लागेको कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो । 
आरक्षमा ४ सय ९२ प्रजातिका चराहरु कोशी टप्पुमा रहेको जानकारी दिदै अध्यक्ष यादवले आरक्षमा चराको प्रजाति नघटेपनि चराको संख्या घटदै गएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट