News Category 2070/10/17

बिरामी र बाल कल्याण गृहका बिद्यार्थीलाई फलफुल बितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ माघ । 
सहिद दिवसको अवसरमा बिहीबार सहिद साकेत पार्क व्यवस्थापन समितिले बिरामी तथा बाल कल्याण गृहका बिद्यार्थीहरुलाई फलफूल बितरण गरेका छ । 
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका एक सय जना बिरामीहरुलाई फलफुल बितरण गरिएको पार्क व्यवस्थापन समितिका संयोजक सुमेशचन्द्र मिश्रले जानकारी दिनुभयो । 
सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा. रामनारायण चौधरी, मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेपाली काग्रेसका नगर सभापति शम्भुलाल देव, पार्क व्यवस्थापन समितिका कोषाध्यक्ष अजित कुमार मिश्र (पप्पु), नेवि संघका समिर झा, जयप्रकाश यादव लगायतका व्यक्तिहरुले बिरामीहरुलाई फलफूल बितरण गर्नुभयो । 
त्यसैगरि बिहीबारै सहिद साकेत पार्क व्यवस्थापन समितिले बाल कल्याण गृहका विद्यार्थीहरुलाई फलफुल बितरण गरिएको छ । 
यस्तै सहिद दिवसकै अवसरमा बिहीबारै राजविराजस्थित सहिद साकेत पार्कमा रहेको साकेत चन्द्र मिश्रको शालिकमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत तथा व्यवस्थापन समितिका पदाधिकारी लगायतले माल्यार्पण गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट