News Category 2070/10/18

प्रहरीद्वारा ट्रयाक्टरसहित ५२ बोरा सुपारी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ माघ । 
नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको ट्रयाक्टरसहित ५२ बोरा सुपारी नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बिहीबारराती सप्तरीको नर्घाेबाट नियन्त्रणमा लिएको छ । 
इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायव निरीक्षक जगदीश पासवान र सशस्त्र बेश क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले नर्घोबाट सुपारी नियन्त्रणमा लिएको हो । 
सप्तरीको नर्घो गाविस ९ स्थित सडक खण्डमा स. १ त. ४२६ नम्बरको ट्रयाक्टरमा लोड गरि भारततर्फ लैजादै गरेको अवस्थामा राती करिब ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार वैदबारले जानकारी दिनुभयो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार वैदबारले सुपारी तस्करी नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिइएको ५२ बोरा सुपारीको मुल्य ३ लाख ४३ हजार २ सय रहेको जानकारी दिनुभयो । 
प्रत्येक बोरामा ६० केजीको दरले जम्मा ३ हजार १ सय २० केजी सुपारी रहेको जानकारी दिदै नायब प्रहरी उपरिक्षक वैदबारले नियन्त्रणमा लिएको ट्रयाक्टर र सुपारीलाई आवश्यक कार्वाहीका लागि शुक्रबार तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट