News Category 2070/10/18

डा“का मुद्दामा फरार पासवान १३ बर्षपछि पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ माघ । 
डाँका मुद्दामा बिगत १३ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार राति पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले डाँका मुद्दामा फरार सप्तरीको इनरुवा गाविस ९ निवासी बौका पासवानलाई पक्राउ गरेको जनाएको छ । 
२०५७ साल माघ १२ गते स्थानिय तारा प्रसाद दासको घरमा डाँका गरेर फरार भएको अभियोग लागेका पासवानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको सप्तरीका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
पक्राउ परेका पासवानलाई आवश्यक कार्वाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरी नायव उपरिक्षक बैदवारले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट