News Category 2070/10/19

सन् २०१६ मा खुल्ला दिशापिसाब मुक्त जिल्ला बनाउने तयारी तिब्र

दैनिक समाचारदाता


राजविराज÷सप्तरी जिल्लालाई आगामी सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणको तयारी तिब्र भएको छ । 
जिल्ला विकास समिति सप्तरी र गाविस कार्यालयहरुको सहयोगमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जिल्लालाई खुल्ला दिशामुक्त घोषणाको तयारी तिब्र बनाएको हो ।
कुनै एक पक्ष वा कसैले प्रयत्न गर्दैमा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुन नसक्ने भएकाले समुदाय र सरकारी साझेदारीमा गाउँ गाउँमा चर्पी निर्माणको काम तिब्रता दिइएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरकिा प्रमुख राजकुमार यादवले बताउनुभयो । 
चर्पी निर्माणसँगै शौचालयमै दिशापिसाब गर्न र सरसफाईका लागि  जनचेतनामुलक अभियान समेत जारी राखेको प्रमुख यादवको कथन छ । 
सप्तरीका २१ प्रतिशत जनतासँग मात्र चर्पी रहेको र करिब ७९ प्रतिशत जनता अझै खुल्ला रुपमा दिशापिसाब गर्न बाध्य रहेकोले २१ प्रतिशतबाट आगामी दुई बर्षभित्र घरघरमा चर्पी निर्माण गरिसक्ने लक्ष्य लिएको प्रमुख यादवले जानकारी दिनुभयो । 
अहिलेसम्म सप्तरीको कञ्चनपुर गाविसलाई एक वर्षअघि नै खुल्ला दिशापिसाब मुक्त गाविस घोषणा गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट