News Category 2070/10/20

आरक्षको हात्तीहरुको आतंक जारी

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १९ माघ । 
कोशी टप्पु वनजन्तु आरक्षबाट आएको हात्तीहरुको समुहले शनिवारराती सप्तरीको घोघनपुर गाविसमा घर भत्काउनुको साथै अन्नबाली नष्ट गरेको छ ।
आरक्षबाट आएको ८÷९ वटा हात्तीहरुको समुहले घोघनपुर गाविस–४ निवासी शिबलाल साह, बच्चु चौधरी लगायतको तीन÷चार वटा घर भत्काउनुको साथै घरमा रहेको अन्नबाली नष्ट पारेका हुन् ।
घर दलानमा राती सुतिरहेको बेला राती करिब १२ बजेतिर आएका हात्तीहरुको समुहले अचानक घर भत्काउन थालेपछि उठेर छोराहरुलाई उठाएर घोघनपुर गाविस–४ निवासी शिबलाल साहले भन्नुभयो–‘‘ हात्ती आएको प्रहरीलाई खबर गर्दा समेत समयमा नआउकाले घर भत्काउनुको साथै घरमा रहेका धान समेत खाएर नष्ट पा¥यो ।” प्रहरी भ्यानमा आएको प्रहरीले हर्न बजाउनुको साथै लाइट बालेपछि हात्तीहरु भागेको साहकने कथन थियो । 
आरक्षबाट रातीको समयमा आउने हात्तीको समुहले सप्तरीको पुर्वी क्षेत्रमा केही दिनयता घर भत्काउनुको साथै बालीनालीमा क्षति पु¥याउँदै आएको छ ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट