News Category 2070/10/24

दुर्घटना रोक्न ट्राफिक प्रहरीको नया“ योजना

दैनिक समाचारदाता

आर. विश्वकर्मा
राजविराज, २३ माघ ।
‘‘सम्पुर्ण तपाई यात्रुहरुलाई आजको यात्रामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको तर्फबाट हार्दिक स्वागत छ” ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक राजीव तिवारी बिहीवार साँझ राजविराजस्थित रात्री बस काउन्टर नजिकै रहेका यात्रुहरुको अगाडी भनिरहदाँ केहीबेर यात्रुहरु अनौठो मानेर आश्चर्यमा परेका थिए । 
राजविराजबाट काठमाण्डौ चल्ने धर्मराज रथमा यात्रा गर्न लागेका यात्रुहरुलाई लक्षित गरी तपाईहरुको यात्रामा बसका चालक र सहचालको नाममै तोकेर उहाँहरु हो भन्ने र जानकारी गराएपछि यात्रुहरु थप चासोका साथ सुनेका थिए । 
त्यतिकैमा तिवारीको भनाइ सकेन्, उहाँले अगाडी भन्नुभयो–‘‘तपाईहरुको यात्रामा थप कुनै जानकारी चाहिए निश्चय पनि उहाँ चालक र सहचालकले तपाईहरुलाई सहयोग गर्नेछ ।” 
तर यात्रामा चालकले मापसे गरेमा, बिचमा चालक परिवर्तन नभएमा, अत्यधिक गतिमा अनियमित तबरले सवारी चलाएमा, बढी भाडा लिएमा, व्यापारीक प्रयोजका मालसमान लोड गरी बढी भार बहन गरेमा, महिला तथा बालबालिकालाई दुव्र्यवहार गरेमा र तपाईहरुलाई असहयोग गरेमा हामीलाई १०० नम्बरमा सम्पर्क गर्नुहोला भनेर प्रहरी नायव निरीक्षक तिवारी आग्रह गरेपछि यात्रुहरुले अनौठो महसुस गरेका थिए । 
तिवारीको त्यति भनाई सकिए लग्तै नजिकै उहाँसँगै उभिरहनु भएका ट्राफिक प्रहरी सहायक निरीक्षक बलराम सिग्देलले तपाईहरुको यो यात्रा सुखद होस् भन्ने कामना गर्न नभ्याउँदै बसका चालकले ट्राफिक प्रहरीलाई धन्यवाद दिए र आफ्नो नाम र चालकको नाम यात्रुहरुलाई जानकारी गराएका थिए । बसका चालकले भन्नुभयो–‘‘ राजविराजबाट हेटौडासम्म म बसको चालक हुन्छु, त्यसपछि मेरो साथीले तपाईहरुलाई गणतव्य सम्म पु¥याउनेछ र केही समस्या भए सहचालकलाई खबर गर्नुहोला ।” ट्राफिक प्रहरी र बसका चालक बीचको यी दोहरी सुनेर यात्रुहरु मात्रै होईन, त्यहाँ उपस्थित अन्य ब्यक्तिहरु पनि केही बेर चकित बनेका थिए ।
तर जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटनामा कमी ल्याउन, यात्रुहरुलाई यात्राको क्रममा हुने समस्या तथा यात्रुहरुलाई ठगि हुनबाट जोगाउन नयाँ अभियान स्वरुप यस्तो कार्यक्रम गरिएको ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक दिलिप चौधरीले जानकारी गराएपछि बल्ल यात्रु र त्यहाँ उपस्थित ब्यक्तिहरुको कौतुहलता अन्त्य भएको थियो । यो कुराहरु बिहीवार साँझ मात्र होईन् अबदेखि प्रत्येक दिन ट्राफिक प्रहरी र रात्री तथा दिवा बसका चालक बिचको सुचना अदान प्रदान सुन्न पाउनुहुनेछ ।
जिल्लाबाट सञ्चालन हुने दिवा तथा रात्री सेवाका बसमा यात्रा गर्ने यात्रुहरुलाई जनचेतना जगाउन जिल्ला प्रहरी कार्यालयले बिहीवारदेखि नयाँ अभियान शुरु गरेको छ । 
आवश्यक जानकारीको आभावमा यात्रुहरुले बसमा यात्रा गर्ने क्रममा सास्ती बेहोर्ने र चालकहरु पनि लापरवाही तरिका मापसे सेवन गरी सवारी चलाउने गरेकाले यात्रु र चालकलाई लक्षित गरेर अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो–‘‘ बसका चालक, सहचालकलाई जिम्मेवार बनाउने र यात्रुहरुलाई समेत यात्रा बारे जानकारी गराउन यो अभियान शुरु गरिएको हो, यसले दैनिक जसो हुने दुर्घटनामा कमी आउनुको साथै यात्रु ठगिने क्रम पनि रोकिन्छ ।” यात्रु तथा चालक दुबैले एक आपसमा परिचित हुने अवसर पाउने भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको प्रहरी निरीक्षक मल्लको कथन छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट