News Category 2070/10/24

कोशी टप्पु वन्यजन्तु आरक्षका चराचुरुङ्गीहरु संकटमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ माघ । 
बढ्दो चोरी शिकारी, आहारको कमी र आवश्यक बास स्थानको आभावमा कोशी टप्पु वन्यजन्तु आरक्षमा चराचुरुङ्गीहरु संकटमा परेको छ ।
चराहरुको बासस्थानको रुपमा रहेका रुखहरु सुक्नु, आरक्षभित्र आहारको कमी हुनु र चरीचरणका लागि आरक्षबाट बाहिर निष्केका बेला चोरी शिकारी हुने गरेका कारण चराचुरुङ्गी संकटमा परेको हो । जाडोयामसँगै साइबेरियन, राजस्थानी र हिमालीयन चराहरु बढी संख्यामा यस आरक्षमा आउने गरेका छन् ।
आरक्षमा बर्षेनी चराका प्रजातिहरु भेट्ने क्रम बढेपनि चराहरुको प्रमुख बास स्थानको रुपमा रहेका रुखहरु सुक्न थाल्नु र चराहरु चोरी शिकारी गर्ने प्रबृति बढ्नु जस्ता कारणले चराहरुको संख्या घट्दै गएको सिंह बताउनुहुन्छ । 
उहाँ भन्नुहुन्छ–‘‘ एकातिर सिमल, चिसौ, खयर जस्ता जातिका रुखहरु सुक्न थालेका कारण चराहरुलाई बास स्थानको आभाव हुनु र अर्काेतिर धान, गहुँु खेतीमा चरीचरणमा गएकाले चराहरु मार्ने कारणले आरक्षका चराहरु सखाप हुँदै गएका छन् ।” 
पहिलो कारण रुखहरु सुक्न थालेको र दोश्रो आहारको आभाव पनि भएकाले ति चराहरु बिस्थापित हुन थालेको सिंहको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट