News Category 2070/10/25

सप्तरीका पत्रकारहरुले स्थानिय प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार गर्ने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज २४ माघ । 
पत्रकार सतिश कुमार दत्तलाई दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकमाथि कार्वाहीको माग सहित आन्दोलनमा उत्रेका सप्तरीका सञ्चारकर्मीहरुले शनिबारदेखि स्थानिय प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । 
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका सञ्चारकर्मीहरको शुक्रबार सम्पन्न बैठकले पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरी अधिकृतमाथि कार्वाही नभएसम्म स्थानिय प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो । 
यस्तै बैठकले पत्रपत्रिकाहरुमा सम्पादकीयको स्थानमा ‘‘पत्रकारलाई दुुव्र्यवहार गर्ने प्रहरी माथि कार्वाही गर” भन्ने लेख्ने र एफएमहरुले समाचारको अघि र पछि सोही कुरा प्रसारण गर्ने र महासंघको अगुवाईमा  माघ २५ गते राजविराजमा बिरोध ¥याली प्रदर्शन गर्ने निर्णय भएको पत्रकार महासंघ सप्तरीका सचिव राजेश कुमार झाले जानकारी दिनुभयो ।
पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्वाहीको माग गर्दै सञ्चारकर्मीहरुले शुक्रबार विहान ११ः३० बजेदेखि १२ बजेसम्म आधा घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना बसेका थिए ।
यअघि महासंघले सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवलाई ज्ञापनपत्र बुझाउँदै यही माघ २४ गतेदेखि आन्दोलनको घोषणा गरेको थियो । 
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङ र प्रहरी नायव निरीक्षक राम नारायण यादवले महासंघका कार्यसमिति सदस्य दत्तलाई गत पुस २३ गते राति बिना कसुर नियन्त्रणमा लिएर थुनामा राखि शारिरीक र मानसिक यातना दिएको भन्दै सञ्चारकर्मीहरु प्रहरी निरीक्षक गुरुङ र प्रहरी नायव निरक्षक यादवमाथि कार्वाहीको माग गर्दै आन्दोलित भएका छन् । 
प्रनानि यादवले बिगतमा पनि पत्रकारद्वय शैलेश कर्ण र आमेन्द्र यादवलाई दुव्र्यवहार गरेको र ती घटनाहरुको बारेमा प्रहरी प्रमुख एसपी दिनेश अमात्यलाई कार्वाही गर्न आग्रह गर्दा पनि बेवास्ता गर्दै महासंघको अबमुल्यन गरेकाले बाध्य भई आन्दोलनमा उत्रिन बाध्य भएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट