News Category 2070/10/25

हात्तीपाइले बिरुद्धको औषधी आजदेखि खुवाईदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ माघ । 
सप्तरीसहितका जिल्लाहरुमा आजदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाइदैछ । माघ २५ देखि २७ गतेसम्म जिल्लाका ११४ वटै गाविस र एक नगरपालिकाका ६ लाख १४ हजार ५ सय २९ जनालाई हातीपाइले रोग बिरुद्धको औषधी खुवाईदैछ ।
शनिवारबार निर्धारित स्थानमा स्वास्थ्यकर्मी र स्वंसेवकहरुले औषधी खुवाईनेछ भने माघ २६ र २७ गते घरघरमा पुगेर औषधी खुवाइनेछ । 
औषधी खुवाईने पहिलो दिन शनिवार आज राजविराजस्थित गजेन्द्र चौकमा कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई सामूहिक रुपमा औषधि खुवाई कार्यक्रमको उद्घाटन गरिदैछ ।
गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगीहरु र ७० वर्र्षमाथिका वृद्धवृद्धा बाहेक सबैलाई हातीपाइले रोग बिरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजयकुमार झाले जानकारी दिनुभयो ।
जिल्लाबाट हात्तीपाइले रोग उन्मूलन गर्न छ चरणमा औषधि खुवाउने अभियानअन्तर्गत चौथो चरणको औषधि वितरण गर्न लागिएको बताउँदै प्रमुख झाले पहिलो दिन निर्धारित स्थानमा र छुटेकालाई घरमै पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने बताउनुभयो ।
सप्तरीमा २०६७ मा ६७ प्रतिशतलाई, २०६८ मा ७२ प्रतिशत र २०६९ मा नेपालमै सबैभन्दा बढी ८८ प्रतिशत व्यक्तिलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
सरकारले सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएकोकाले यो अभियान अन्तर्गत करिब ९० प्रतिशत व्यक्तिलाई ओषधी खुवाइने लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट