News Category 2070/10/25

सप्तरीमा १ सय २६ एचआईभी संक्रमित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ माघ । 
इन्द्रेणी सेवा समाज सप्तरीले जिल्लामा हालसम्म १ सय २६ जना एचआईभी संक्रमित व्यक्तिहरु फेला परेको जनाएको छ ।
समाजले शुक्रवार राजविराजस्थित पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो चार महिने प्रगति बिवरण प्रस्तुत गर्दै एचआईभी संक्रमितहरु मध्ये हालसम्म १२ जनाको मृत्यु भईसकेको जनाएको छ । 
कार्यक्रममा इन्द्रेणी सेवा समाज सप्तरीका कार्यक्रम संयोजक निराजन शाक्यले जिल्लाको ४४ वटा गाविसमा एचआईभी एड्स बारे जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुहुँदै ती गाविसका स्थानियहरुलाई कण्डम तथा परिवार नियोजनका साधनहरुको उपयोगिता बारे सचेतना जगाउँदे आएको बताउनुभयो । 
उहाँले हालसम्म जिल्लामा २१ हजार २ सय ५८ कण्डम बितरण गरिसकेको जनाउँदै ८ सय ७१ पटक यौनकर्मीहरुलाई महिनामा भेटेर यौन शिक्षा दिइएको जानकारी दिनुभयो ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट