News Category 2070/10/27

नाबालिकालाई जवर्जस्ती करणी गरेको आरोप लागेका चौधरी तारेखमा रिहा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ माघ ।
जवर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको सितापुर गाविसका एक युवकलाई पुनराबेदन अदालत राजविराजले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
१२ बर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत राजविराजको आदेशमा पुर्पक्षका लागि थुनामा रहेको सितापुर गाविस–१ निवासी नागेन्द्र कुमार चौधरीलाई पुनराबेदन अदालत राजविराजले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 
पुनराबेद अदालत राजविराजका न्यायाधिश बलराम बिष्ट र मोहन बहादुर कार्कीको संयुक्त इजलाशले पीडित नाबालिकाको यौनाङ्गमा कुनै चोटपटक नदेखिएको तथा प्रतिवादी चौधरीले घटनामा संलग्नता अस्वीकार गर्दै वारदातको समयमा बिरामी भई बीर अस्पताल काठमाण्डौमा उपचाररत रहेको भनि अस्पतालको डिस्चार्ज टिकट समेत पेश गरेकोले जिल्ला अदालत राजविराजले पुर्पक्षमा राख्न दिएको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न आदेश पुनराबेदन अदालतले जनाएको छ । 
यही २०७० मंसीर २७ गते जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि चौधरीलाई थुनामा पठाउन दिएको आदेश नमिलेको भन्दै पुनराबेदन अदालतले बुझदै जाँदा पछि ठहरे बमोजिम हुने गरी चौधरीलाई साधारण तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको आदेशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट