News Category 2076/03/07

रुपनी मेयर कपको फाइनलमा 

दैनिक समाचारदाता

रुपनी मेयर कपको फाइनलमा 

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    राजविराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा रुपनी राइडर्स प्रवेश गरेको छ । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा पबिमाबिको क्रिकेट मैदानमा संचालित उक्त प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्सले बोदे बसाईनलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो । 
    यता शुक्रबारै सम्पन्न अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको छ । अंक तालिमा रुपनी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा भने डाक्नेश्वरी, तेश्रोमा तिलाठी कोयलाडी, चौथोमा बोदेबरसाईन र पाँचौमा सडक रहेको छ । 
    लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागनबीच हुने तथा सोही खेलका बिजेताले रुपनीसँग फाइनलमा भिड्ने छ । 
    शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले १ सय १२ रनले बोदेबरसाइनलाई पराजित गरेको छ । रुपनीले पहिलो ब्याटिङ गर्दै २७४ रनको बनाएको थियो । सो रनको लक्ष्य पछ्याउदै बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सफल भयो । 
    यस्तै पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा भेटाउको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट