News Category 2076/03/08

डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  

दैनिक समाचारदाता

डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  

   राजविराज÷राजबिराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा डाक्नेश्वरी र रुपनीबीच हुने भएको छ । 
    शनिबार सम्पन्न अन्तिम लिग खेलमा डाक्नेश्वरीले तिलाठीकोईलाडिलाई ३ रनले पराजित गर्दै फाईनल खेलमा स्थान सुरक्षित गरेको हो । 
    तिलाठीकोईलाडी जाईन्टसले टस जिती पहिलो ब्याटिंङका लागि डाक्नेश्वरी राईडसलाई निम्तो दिएका थिए । ब्याटिङका लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आप्mनो सम्पुर्ण बिकेट गुमाई १ सय २ रनमै समेटिएको थियो । 
    डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामांगले १० रनको योगदान दिएका थिए । डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोईलाडीका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए । 
    डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके । 
    तिलाठी कोईलाडी जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १९ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिष्ट र दिपेश कंडेलले सामान १ विकेट लिएका थिए ।
    राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा पबिमाबिको क्रिकेट मैदानमा संचालित सप्तरी प्रिमियर लिग सिजन २ को फाइनल खेल आइतबार दिउँसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट