News Category 2070/10/28

जिल्लाको बेथिती हटाउन प्रतिबद्ध छु ः प्रजिअ यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ माघ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादवले सञ्चारकर्मीसँग सहकार्य गरेर ‘‘सरकारी पैसा टेबुल माथिबाट र तरकारीको पैसा टेबुल तलबाट लिने” प्रबृतिलाई अन्त्य गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । 
केही दिनअघि मात्र सरुवा भएर आएपछि सोमवार पहिलो पटक पत्रकारहरुसँगको भेटघाटको क्रममा प्रजिअ यादवले जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीहरु तलब पनि बुझ्ने र घुस पनि लिने प्रबृति बढेको प्रति इंकित गर्दै त्यसलाई हटाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
जिल्लामा रहेको बेथिती हटाउन र बिभिन्न निकायमा हुदै आएको भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको बताउँदै प्रजिअ यादवले जिल्लाको बेथितीहरु हटाउनका लागि आवश्यक सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो । 
जिल्लामा आउने रकम मध्ये सबैभन्दा बढी स्थानिय निकायमा आउने गरेपनि सही ढंगले सदुपयोग नभएको गुनासो आउने गरेकाले त्यसबारे आवश्यक निगरानी गरिरहेको बताउँदै प्रजिअ यादवले गाविस कार्यालयमा बसेर काम गर्न गाविस सचिवहरुलाई निर्देशन गरिसकेको बताउनुभयो ।
प्रजिअ निवासीमा भएको भेटघाट कार्यक्रममा बिभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट