News Category 2076/03/15

सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 

दैनिक समाचारदाता

सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    राजबिराजमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा पुगेको खडकले सोमबार सुरुङ्गासँग उपाधीका लागि अन्तिम प्रतिष्पर्धा गर्नेछ । 
    आइतबार सम्पन्न अन्तिम लिग खेलमा सुरुङ्गाले टस जिति ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेको थियो । 
    सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए ।  
    यता बलिङतर्फ राजबिराजकी नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले १÷१ बिकेट लिएका थिए । 
    १ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो । 
    राजबिराजलाई सस्तोमा समेट्न सुरुङ्गाका अफसरी बेगमले आर्कषक बलिङ गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले १÷१ बिकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच सुरुङ्गाकी अफसरी बेगम भएका थिए । 
    सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन सँगको सहकार्यमा सबल नेपालद्वारा असार १३ गतेदेखी सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता संचालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट