News Category 2070/10/29

लोकतान्त्रिक बिधीबाट पार्टी संगठनलाई सुदृढ बनाइनेछ ः संयोजक मण्डल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ माघ । 
एकिकृत नेकपा माओवादी सप्तरीको संयोजकको जिम्मेवारी पाउनु भएका सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् अशोक कुमार मण्डल (अमर) ले पार्टीको जिल्ला संगठनलाई लोकतान्त्रिक बिधीबाट सुदृढ र चुस्त बनाउने ढंगबाट अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 
क्रान्तिकारी पत्रकार संघ सप्तरीद्वारा राजविराजमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मण्डलले जिल्लाको समग्र बिकासका लागि पार्टीको पुर्व निर्णयहरुलाई आत्मसात गरेर अघि बढ्ने दृढता समेत ब्यक्त गर्नुभयो ।
छिटै जिल्ला कमिटी र एरिया कमिटीको बैठक बसेर संगठन सुदृढीकरणको लागि अभियान अघिबढाउने बताउँदै मण्डलले अब गाउँ कमिटी र जिल्ला कमिटी प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चयन हुने बताउनुभयो । एक अर्काे प्रसङगमा मण्डलले आफुले संबिधानसभा अदालतको निर्णयलाई सम्मान गरेको बताउनुभएको छ ।
संबिधानसभा अदालतबाट अर्काे आदेश नहुञ्जेलसम्मका लागि सभासद्को रुपमा कामकाज गर्न नदिएको आदेशलाई आफुले सम्मान गरेपनि अन्याय महसुस भएको बताउनुभयो ।
जनताको प्रत्यक्ष मतबाट निर्वाचित भएपनि संबिधानसभामा सहभागि हुन नपाएकाले आफुलाई अन्यास महसुस भएपनि अदालतको निर्णयलाई आफुले सम्मान गर्ने मण्डलले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट