News Category 2070/11/05
१० हजार २० किलो सुपारी प्रहरीको नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
सप्तरी प्रहरीले सुपारी तस्करी नियन्त्रणमा लिने चलाएको अभियान अन्तरगत एक महिनामा ट्रक, ट्रयाक्टर, मोटरसाइकल र साइकलसहित २ सय ९४ बोरा सुपारी नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक शनिबार राति नेपालबाट भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित १० हजार २० किलो सुपारी सप्तरी प्रहरीले जिल्लाको बनैनिया गाविसबाट नियन्त्रणमा लिएको छ ।
सप्तरीको बनैनिया गाविस २ स्थित सडकखण्डमा रोकिरहेको ना. १ ख. ३३११ नम्बरको ट्रकमा लोड गरि भारततर्फ लैजादै गरेको अवस्थामा शनिबार राती करिब ११ बजेतिर १ सय ६७ बोरामा रहेको सो मात्राको सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अमात्यले सुपारी तस्करी नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिइएको १ सय ६७ बोरा सुपारीको मुल्य ११ लाख २ हजार २ सय रहेको जानकारी दिनुभयो ।
प्रत्येक बोरामा ६० केजीको दरले जम्मा १० हजार २० केजी सुपारी रहेको जानकारी दिदै प्रहरी उपरिक्षक अमात्यले नियन्त्रणमा लिएको ट्रक र सुपारीलाई आवश्यक कार्वाहीका लागि आइतबारै तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।
यता एक महिना भित्र सप्तरी प्रहरीले जिल्लाको विभिन्न नाका हुँदै अवैध तरिकाबाट भारत तर्फ लैजादै गरेको एक ट्रयाक्टरसहित ५२ बोरा, एक बैलगाडासहित ३९ बोरा, बेवारिसे राखिएको ३० बोरा र पाँच साइकल तथा एक मोटरसाइकलसहित ६ बोरा सुपारी नियन्त्रणमा लिई भन्सार पठाइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ