News Category 2070/11/05

बैध सुपारीलाई अबैध भनेर प्रहरीले पक्राउ गरेको भन्दै व्यापारीहरु आक्रोसित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ फागुन । 
बैध सुपारीलाई प्रहरीले अबैध भनेर पक्राउ गरेको भन्दै व्यापारीहरु आक्रोशित बनेका छन् ।
राजमार्गबाट पक्राउ गरिएको सुपारीलाई भारतीय सिमावर्ती क्षेत्रबाट बरामद गरिएको भन्दै प्रहरीले नियन्त्रणमा लिई अनावश्यक दुःख दिएको व्यापारीहरुले राजविराजमा सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
सप्तरीको नर्घाेस्थित राजदेवी सप्लायर्सका संचालक ज्ञानेन्द्र प्रसाद यादवले भ्याट बिलसहित बिरगंजबाट ना. २ ख. ३३११ नम्बरको ट्रकमा १० टन सुपारी ल्याईरहेका बेला प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कठौना बजारबाट शनिवार राती नियन्त्रणमा लिएको आरोप लगाउनुभयो ।
ट्रकका चालकले सम्पूर्ण कागजात देखाउँदा समेत प्रहरीले कठौनाबाट ट्रकका चालकलाई निर्घात कुटपिट गरि जवर्जस्ती सुपारी बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय सप्तरी पु¥याएको यादवको आरोप छ । 
सम्पुर्ण कागजात आफुहरुसँग हुदाँहुँदै समेत प्रहरीले ट्रकसहित सुपारी कार्वाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको नर्घाे ५ का व्यापारी अशोक कुमार यादवले बताउनुभयो । प्रहरीले बैध समानलाई अबैध भनेर कार्वाहीका लागि भन्सारमा बुझाएको भने बारेमा सप्तरी उद्योग बाणिज्य संघलाई जानकारी गराईसकेको उहाँहरुको भनाई छ । 
प्रहरीले बैध समानलाई अबैध भनेर कार्वाही गरेको भन्दै व्यापारीहरु आक्राशित बनेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट