News Category 2076/04/18

बिजुली बत्तिमा पनि ...

दैनिक समाचारदाता

    राजविराजमा नगरमा सोलार बत्ति जडान गरिएको झण्डै चार वर्ष भएको छ । तत्कालिन अवस्थामा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेकोले नगरको विभिन्न सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिएको थियो । जडान गरिएका सेलार लाइट साँझ हुने बित्तिकै आफै बल्ने तथा बिहान उज्यालो हुने बितिक्कै आफै निभ्ने गरेकोले यसका लागि कुनै स्विच प्रयोग छैन् । तर, सोलार बत्ति लगाएकै समयदेखी थोरै थोरै बिग्रिने क्रम सुरु भएपछि अहिले अधिकांश स्थानको सोलार बत्ति कामै नलाग्ने भएको छ । 
    नगरपालिकाको मुख्य सडकहरुमा अहिले सोलार बत्ति बाहेक पनि पोलहरुमा स्विच भएका बत्तिहरु समेत जडान छन् । नगरपालिकाको १६ वटै वडा मध्ये अधिकांश वडाका सडकको पोलहरुमा हालसम्म बत्ति बलेको देखिदैन् । बत्ति जडान भएका पोलहरुमा समेत बत्ति बलेको देखिदैन् । वर्षको एक पटक तिहारको बेलामा सम्पूर्ण वडाका पदाधिकारी तातिएपछि खोजी खोजी पोलहरुमा बत्ति झुण्ड्याउने कार्य हुन्छ । अनि केही दिनपछि पुनः बलहरु बिग्रन्छ । यो कार्य अहिले मात्र होइन् वर्षोदेखी निरन्तर चल्दै आएको छ । जनप्रतिनिधि नहुँदा र अहिले हुँदा समेत बिजुली बत्ति लगाउने कार्यमा निकै हेलचक्राई भएको छ । पोलहरुमा गुणस्तरहीन कम्पनीको बत्ति लगाउने कार्यले गर्दा चिम धेरै दिन टिक्दैन र फ्युज भएर जान्छ । 
    यसरी नगरको विभिन्न स्थानहरुमा लगाइने बिजुली बत्तिमा समेत भ्रष्टाचार भइरहदा कसैलाई कुनै मतलब नभएको खण्डमा यस्ता कुरालाई जनस्तरबाटै सम्पूर्ण नगरवासीले एक स्वरमै आवाज उठाउनु पर्ने आवश्यकता  रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट