News Category 2070/11/05

सप्तरीको फत्तेपुर फुटबल टिम “ए” डिभिजनमा बढुवा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ५ फागुन । 
सप्तरीको फत्तेपुरस्थित न्यु त्रियुगा स्पोर्टस फुटबल क्लब ‘‘ए” डिभिजनमा बढुवा भएको छ ।
काभ्रको धुलिखेलमा सम्पन्न ‘‘बी” डिभिजन लिगमा न्यु त्रियुगा स्पोर्टस क्लबले दोश्रो स्थान हासिल गरेपछि ‘‘ए” डिभिजनमा बढुवा हुन सफल भएको हो । 
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सम्पन्न ‘‘बी” डिभिजन लिगको आइतवार सम्पन्न फाइनल खेलमा काभ्रेले सप्तरीको न्यु त्रियुगा स्पोर्टस क्लबलाई शुन्यका बिरुद्ध २ गोल अन्तर पराजित गरेको छ । 
काभ्रेसँग पराजित भएपनि सप्तरी काभ्रेसँगै ‘‘ए” डिभिजनमा बढुवा हुन सफल भएको फुटबलका प्रशिक्षक तथा जिल्ला फुटबल संघ सप्तरीका रमेश श्रेष्ठले जानकारी दिनुभयो । 
यसअघि सेमिफाइनलमा सप्तरीको न्यु त्रियुगा स्पोर्टस क्लबले टाइब्रेकरमा ४ का बिरुद्ध ५ गोल अन्तरले धनकुटालाई पराजित गर्दै ‘‘ए” डिभिजनमा स्थान सुरक्षित गरेको थियो । गत माघ २५ गतेदेख फागुन ४ गतेसम्म सम्पन्न ‘‘बी” डिभिजन लिगका देशभरीका १२ वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट