News Category 2076/04/20
किसानहरुको समस्याप्रति निकाय निरिह
सप्तरीमा हरेक वर्ष खेती गर्ने समयमा किसानहरुले विभिन्न समस्यासँगै जुद्धनु पर्ने बाध्यता रहेको छ । खेती गर्ने समयमा किसानहरुले आकाशे पानीको भर पर्नु परेको छ भने जसोतसो खेती गरेपछि उत्पादनलाई बढाउन मलखादको समस्या समेत झेल्नु परिरहेको छ । जिल्लामा कृषिको प्रसस्त सम्भावना हुँदा हुँदै पनि सिंचाईको उचित व्यवस्था नहुनुले किसानहरु निरास हुने गरेका छन् । यता खेती गर्न किसानहरु पानीको अभाव हुँदै गर्दा खेती गर्न कामदारहरुको समेत अभाव हुने गर्दछ । यी समस्याका बाबजुद किसानहरुलाई मलखादको अभाव हुनुले झनै मन पिरोलिन्छ । कृषि ज्ञान केन्द्रबाट सहुलियत दरमा मलखादको व्यवस्था गर्ने भने पनि किसानहरुले सो केन्द्रबाट कुनै सहुलियत दरमा मलखाद पाउने गरेका छैनन् । कीन भने सरकारले पठाएको सहुलियत दरको मलखाद किसानको हातमा पर्नु अघि नै हुनेखाने र विचौलियाको हातमा पर्न जान्छ ।
सरकारले पठाएको अनुदानको ती मलखाद कर्मचारीकै मिलोमतोमा कमिसनको चक्करमा विचौलियाले खरीद गरेर सोही मलखाद किसानलाई बढी मुल्यमा बिक्रि गर्ने गरिएको पाइन्छ । किसानले सहुलियत दरमा पाउने मलखाद नीजी पसल संचालकले बढी मुल्य तिराउन बाध्य गरेका छन् । यसरी यी समस्याप्रति सम्बन्धीत निकायले ध्यान दिन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् । जुन मलखादको मुल्य २ हजार ३ सय सहुलियत दरमा पाइन्छ त्यसको मुल्य ३ हजारमा बजारमा छ्यापछ्यापी पाउने गर्दछ । बिचरा गरिब किसानले खेतीका लागि बढी मुल्य तिरेर पनि मलखाद खरीद गर्नुपर्ने बाध्यता छ । यता सप्तरीमा आएको बाढीका कारण लगाइएको धान खेती डुवानमा परेर कुहिएर गएको छ । त्यो दुःख किसानहरुलाई छदैछ त्यसमा पनि सिचाई र मलखादको समस्या समेत उनीहरुले सास्ती व्यहोर्नु परेको छ ।
तसर्थ यस्ता समस्या किसानहरुलाई नौलो होइन् यो विगत दुई दशकदेखी यसरी नै चल्दै आएको छ तर, सम्बन्धित निकाय मुकदर्शक बनेको अवस्था छ । अतः किसानहरुको समस्याप्रति निकाय र राज्य गम्भिर हुनु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2080/12/11 सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
- 2080/12/11 पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
- 2080/12/10 बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
- 2080/12/09 जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
- 2080/12/09 राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
- 2080/12/09 सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
- 2080/12/08 मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
- 2080/12/07 प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै युवकले गरे आफ्नै बुबाको हत्या
- 2080/12/07 काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
- 2080/12/07 कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ