News Category 2076/04/22

धुम्रपान प्रयोगकर्ता बढ्दै जाँदा समेत निकाय लाचार बन्दै 

दैनिक समाचारदाता

    सरकारले हरेक वर्ष ध्रुमपानमा मुल्य बृद्धि गरेपनि त्यसको सेवन गर्नेहरुको कमी हुनुको साटो झनै बृद्धी हुँदै गएको छ । धुम्रपान स्वास्थ्यको लागि हानिकारक हो भन्ने सबैले यसबारे थाहा हुँदै हुँदा पनि यसको सेवनकर्ता झनै बढेर गएको छ । प्राय यूवा वर्ग यसप्रति निकै आकर्षित हुदैछन् । विद्यालयपछि कलेज पढ्ने विद्यार्थीहरु धु्रमपान सेवनलाई शौकको रुपमा लिने गर्दछन् । क्याम्पस जानु अघि उनीहरु चुरोट तान्दै जाने गरेको प्रसशस्त रुपमा देखिन्छन् ।  
    यसको न्युनिकरणको साटो झनै प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुनु भनेको कानुन फितलो हुनु हो । यता युवापिढीहरु चेरोटसँगै गाँजा, चरेसदेखि सुर्ति तथा सुर्तिजन्य खैनी, पराग, गुटखा, पान पराग, रजनीगन्धा लगायत धुम्रपान खुल्लेआम सेवन गर्ने गरेका छन । त्यसमा पनि नजान्ने मानिस भन्दा पनि जान्नेहरुले नै बढी प्रयोग गर्ने गरेको देखिन्छ । अर्थात जानी बुभेर पनि धुम्रपान तथा मध्यपानको सेवन गर्ने गरेका छन । उनीहरुलाई थाहा छ, धुम्रपान सेवनले फोक्सो, घाटी तथा मुखको क्यान्सर भएर अकालमै मृत्यु हुने गर्छ । 
    विश्वमा ७० लाख भन्दा बढी मानिसको धुम्रपानबाट ज्यान जाने गरेपनि नेपालमा सो प्रयोगकर्ताहरुको संख्यामा कमि आउन सकेका छैन । जबकी सरकारलाई सबैभन्दा बढी राजशव यसैबाट आउने गर्छ । तसर्थ धुम्रपान उत्पादन कम्पनीलाई राज्यले रोक लगाउनुका साथै न्युनिकरण गर्नका लागि कुनै ठोस नीति, नियम र कानुनीमा कडाई गर्नु आवश्यक रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट