News Category 2076/04/22

सडकलाई कुरुप हुनबाट जोगाउन निकायको ध्यान पुगोस्

दैनिक समाचारदाता

    सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिहरुको ध्यान पुग्न सकिरहेको छैन् । हाल नगरमा संचालित विभिन्न योजनाहरु अलपत्र रहेका छन् । राजविराजको मुख्य चौक गजेन्द्र चौकवरिपरिका सडक निर्माण अहिले अलपत्रमा परेको छ । निर्माण कम्पनीले कामलाई बीचमै छोडर अलपत्र पारेको छ । जसकारण सडकमा हिडडुल गर्न निकै अफ्ठ्यारो भएको छ भने सामान्य वर्षा हुनासाथ सो सडकमा दुई फिटसम्म पानी जम्ने गरेको छ । यता सुख्खा भएकोबेला धुलो त्यत्तिकै उड्नाले सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ । सडक निर्माणको नाममा जताभावी ढलान गरेर यातायात अवरुद्ध हुने गरेको छ । जसकारण सडक झनै साँघुरो भएको छ । 
    यता यो सडक बाहेक अन्य सडकहरुको हाल झनै बेहाल रहेको छ । अदालत रोड अन्तरगतका सडकहरुको अवस्था पनि झनै जिर्ण रहेको छ । अति व्यस्त मानिने यस सडकखण्डको कालोपत्रे भत्किएको छ भने पानी निकासीको बाटो नहुँदा वर्षामा भएका पुराना नालाको पानी समेत सडक हुँदै बग्ने गर्दा वातावरण दुषित हुने गरेको छ । यस सडकको बीचमै पशुचौपाया तथा तरकारी बिक्रि हुने केन्द्र बनेको छ । यस्तै नगरको विभिन्न सकडहरुमा जताभावी यातयातका साधन रोकिने गर्दा बटुवाहरुलाई झनै सास्ती व्यहोनु परेको छ । यती मात्र नभएर घर निर्माण सामाग्रिहरु सडक ओगेटेर राख्ने प्रबृती अहिले सम्म कायमै रहेको छ । 
    यस्ता प्रवृतीका कारण मुलुककै पुरानो नगरपालिका मध्ये एक राजविराज नगरपालिकाकाको सौन्दर्यता तथा पहिचान समेत गुम्ने खतरा बढेको छ । तसर्थ यस्ता कार्यलाई नियन्त्रण गर्न र ठेकेदार कम्पनीलाई निर्माण कार्य सम्पन्न गराउन सम्बन्धीत निकायको ध्यान पुग्नु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट