News Category 2070/11/06

नगरमा चोरीको घटना बढ्यो

दैनिक समाचारदाता



दैनिक संवादादता
राजविराज, ६ फागुन । 
विगत केही दिनदेखी राजविराजमा चोरीको श्रृखलामा बढ्दै गएको छ । चोरहरुले घरमा कोही नभएको मौका छोपी घरभित्र रहेको विभिन्न सामानहरु चोरी गर्ने गरेको निकै गुनासोहरु आउन थालेका छन् । 
सोही क्रममा राजविराज नगरपालिका वडा नं. १० स्थित डुमरी शिवथानमा चोरहरुले विभिन्न व्यक्तिहरुको घरमा सिंचाई मिटर तथा तार समेत चोरी गरेका छन् । 
वडा नं. १० का महेन्द्र प्रसाद साहको खेतमा लगाइएको सिचाई मिटरसहित सिचाई गर्न गाडिएको हेड एक थान तथा १० मिटर तार समेत चोरी भएको पीडितले जनाएका छन् । 
यस्तै सोही स्थान निवासी शत्रुधन साहको खेतमा पानी पटाउन प्रयोग गर्न झुण्ड्याइएको ३५ मिटर तार तथा रामफल यादवको कलको हेड समेत चोरहरुले चारी गरि लगेका छन् । 
केही दिन अघिमात्र नगरमा चोरी बढेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरहरुको एक समूहलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट