News Category 2070/11/08

राससका दुई पत्रकार झा र विश्वकर्मा पुरस्कृत

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ फागुन । 
सप्तरीका दुईजना पत्रकार राष्ट्रिय समाचार समिति (रासस) को ५३ औँ वार्षिकोत्सव समारोहको अवसरमा पुरस्कृत भएका छन् । 
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राससका अध्यक्ष उमाकान्त पराजुली र महाप्रबन्धक रामकुमार कोइरालाले उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पूर्वाञ्चलबाट राजेश झा र उपत्यका बाहिर उत्कृष्ट आलेख पुरस्कारबाट राजु विश्वकर्मा पुरस्कृत गर्नुभयो । 
राससको वार्षिकोत्सवका अवसरमा रासस कर्मचारी सङ्घले आयोजना गरेको घैंटो फुटाउने प्रतियोगितामा प्रथम हुने सुशील दर्नाल र रासस कर्मचारी सङ्घले आयोजना गरेको म्युजिकल चेयर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः खिलप्रसाद दाहाल, मुना कार्की र मैना थापालाई नगद पुरस्कार प्रदान गरियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट