News Category 2076/05/05

अव्यवस्थित घर निर्माण  रोक्नु आवश्यक

दैनिक समाचारदाता

    मुलुककै पुरानो नगरपालिका मध्ये एक राजविराज नगरपालिकाले अहिले आफ्नो अस्तित्व बचाउनमा संघर्षरत रहेको छ । भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित यस नगरपालिकामा अहिले अव्यस्थित तरीकाबाट घर निर्माणका साथै, अव्यवस्थित बजार बिस्तार हुनु र सडकहरुमा पशुचौपायाको खुलेआमा रजाइका कारण अव्यवस्थित बन्दै गएको हो । दुई दशकदेखी निर्वाचित प्रतिनिधिबिहीन भएको अवस्थामा बजार अव्यवस्थित बन्दै जाँदा अहिले जनप्रतिनिधी आइसकेको अवस्थामा समेत सुधारको संकेत देख्न सकिएको छैन् । े 
    नगरपालिकाको मौलिकताको प्रतिक रहेको राजविराज हटिया आधुनिक तरीकाबाट निर्माण भइरहनुलाई सकारात्मक भन्न मिल्छ तर, त्यसबाहेक बजार क्षेत्र फराकिलो हुँदै जाँदा घर निर्माणका कार्यहरु झनै अव्यवस्थित हुदै गएको छ । त्यसतर्फ कुनै जनप्रतिनिधिहरुको ध्यान पुग्न सकिरहेको छैन् । नक्सा नबनाइकनै तथा नगरपालिकाबाट स्वीकृत समेत नलिई दिनहुँ दर्जनौं अव्यवस्थित तरीकाले घर निर्माण भइरहेको छ । सडकहरु साघँुरो हुदैछन् । जग्गाहरु अतिक्रमण हुँदैछन् । सरकारी जग्गा मिचेर भौतिक संरचना निर्माण भइरहेका छन् । टोल टोलमा रहेका पोलहरुमा बिजुली बत्ति बलदैनन् । त्यसतर्फ नगरपालिकाको ध्यान केन्द्रित भएको देखिन्न् । जनताले नगरको विकास र न्यूनतम सरकारी सुविधा समेत भोग गर्न पाइरहेको देखिन्न् ।   स्थानिय तहको राजश्व बढाउने नाममा सानो भन्दा सानो शिर्षकमा राजश्व लिने काम भइरहेको छ । राजश्व लिनु भनेको स्थानिय तहकै विकासका लागि हो । तर, त्यसो देखिदैन् । जनताको महिनेतको कमाईबाट लिइने राजश्वको सही ढंगले उपयोग भएको पाइएको छैन् । 
    तसर्थ जनताको प्रत्यक्ष रुपमा सरोकार राख्ने शिर्षकहरुमा जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नु पर्ने देखिन्छ । होइन् भने चार वर्षमा हुने जनप्रतिनिधिहरुको अग्निपरीक्षामा सोही जनताले परिवर्तन समेत गर्न सक्ने कुरालाई उनीहरुले मनन् गर्नु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट