News Category 2070/03/10

लागूऔषधसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असार ।
सशस्त्र प्रहरीले आइतबार दिउँसो सप्तरीको दौलतापुर गाविसबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बेश क्याम्प कडरबोनावाट खटिएको गस्ती टोलीले कदमाहा–गाईघाट सडक खण्ड अन्तर्गत दौलतपुर बाट लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १ बस्ने २९ बर्षीय फरिन्द्र भुजेल रहेका छन् ।
उनको साथबाट डाइजिपाम २६ थान, फेनारमन २७ थान, लुपिक जेसिक २७ थान बि.एन. ९०७०१०८ नामक लागूऔषध २७ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट