News Category 2076/05/19

पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर

दैनिक समाचारदाता

    तीनै तहका सरकारले अहिले आफ्नो कामकाज तदारुकताका साथ संचालन गरिरहेका छन् । तीनै तहको सरकार गठन भएको झण्डै दुई वर्ष भएको छ । यस अवधीमा सबै भन्दा बढी चर्चा संघ, प्रदेश र स्थानिय मध्ये स्थानिय सरकारको हुने गरेको छ । कीन भने यही सरकार जनताको माँझमा सबै भन्दा बढी रहने गरेको छ । स्थानिय सरकार भनकोे स्थानिय स्तरबाटै आएका जनप्रतिनिधिहरुबाट चल्ने सरकार हो । यस सरकारका जनप्रतिनिधिहरुलाई जनताले नजिकैबाट चिन्ने गरेका हुन्छन् । त्यसैले जनताको पनि बढी अपेक्षा यही सरकारबाट हुने गरेको छ ।  
    तर, जनताले स्थानिय सरकारबाट चाहे अनुसारको अपेक्षा गरेअनुसार उपेक्षित भएका छन् । जनताले बढो आश र अपेक्षा अनुसार आफुले चाहेको जनप्रतिनिधिलाई छानेका थिए । तर, अहिले उनीहरु जनप्रतिनिधिबाटै उपेक्षित हुँदै निराश समेत हुदै गएका छन् । स्थानिय जनप्रतिनिधिहरुले आफुखुशी विभिन्न कार्य गर्दै आइरहेका छन् । जनतालाई काखापाखा लगाई उनीहरुले आफ्नै आसेपासेहरुलाई विकासीय योजना समेत दिइरहेका छन् । जसकारण ती योजनाहरु अन्तरगत हुने कामहरु गुणस्तरहीन हुने गरेको पाइन्छ । त्यती मात्र नभएर चाहिने भन्दा नचाहिने काममा बजेटको दुरुपयोग गर्ने गरेका छन् । जुन जनताको मतबाट जितेर प्रतिनिधि चुनिए उनीहरु विरुद्ध नै कार्य भइरहेको छ । 
    जनताको मतको कदर गर्न जनपप्रतिनिधिहरुले समयमै ध्यान पु¥याउन सकेनन् भने उनीहरुलाई जसरी कुर्सीसम्म पु¥याए जनताले त्यसरी नै भुईमा समेत बस्न बाध्य पार्नेछन् । तसर्थ आफ्नो पदीय मर्यादालाई ख्याल गर्दै जनताको भावना अनुरुप काम गर्न अहिलेदेखी नै प्रतिनिधिहरु लाग्नु पर्ने आवश्यकता रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट