News Category 2070/11/10

प्रेस युनियनमा पुनः ओमप्रकाश

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाल प्रेस युनियन सप्तरीको सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट पुनः ओमप्रकाश साहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । 
सो कार्य समितिको उपाध्यक्षमा रामनारायण विश्वास, सचिवमा सुधा देव, सह सचिवमा गंगाप्रसाद साह, कोषाध्यक्षमा धर्मपाल राउतलाई चयन गरिएको छ । 
यस्तै सदस्यहरुमा पंकज झा, रामानन्द देव, कृष्णदेव यादव, ललिता साह, भुषण सिंह, रामनारायण यादव, निरज मण्डल र आनन्द मोहन शर्मा रहेका छन् । 
यसैगरि केन्द्रीय पार्षदहरुमा गणेशलाल देव, ब्यासशंकर उपाध्याय, धीरेन्द्रप्रसाद साह, अर्जुनप्रसाद साह, मुरलीप्रसाद यादव, विनय लाल कर्ण, श्रवणकुमार देव, नरेश चौधरी, संजीव विक्रम साह, शैलेन्द्र सिंह, भोला रमण उप्रेति, मिथिलेश यादव र शम्भुनन्द चौधरीलाई चयन गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट