News Category 2070/11/12

कहिले सुध्रिएला बिद्युत प्राधिकरणको रबैया ?

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
बिद्युत प्राधिकरण शाखा राजविराजलाई जतिसुकै आलोचना र बिरोध गरेपनि उसको रबैयामा कहिले सुधार आउँदैन् ।
लोडसेडिङको मारबाट शिकार भएका सप्तरीबासी बिद्युत प्राधिकरणको गैर जिम्मेवारीका कारण थप मार खेप्दै आएका छन् ।
नेपालको अन्य भुभागका नेपालीले दैनिक ८ घण्टा लोडसेडिङ मार खेप्दै आएपनि सप्तरीबासीहरु दैनिक १४ घण्टा भन्दा बढी लोडसेडिङको मार खेप्न बाध्य छन् । बिद्युत प्राधिकरणको यस्तो रबैया कुनै नयाँ पनि होईन्, यो त पुरानै हो । 
बिद्युत प्राधिकरणले एक पछि अर्काे लोडसेडिङको नयाँ तालिका निकाल्न माहिर सप्तरी बिद्युत प्राधिकरण बिद्युत रहने समयमा पनि अनावश्यक बिद्युत काट्न पनि नम्बर १ छन् ।
बिद्युत प्राधिकरणको यस्तो अनियमित लाईन काट्ने प्रबृतिको बढी शिकार छन्, केही दिनपछि एसएलसी दिन बसेका बिद्यार्थीहरु । बिद्युत प्राधिकरणले दैनिक १२ घण्टा मात्र राजविराजमा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेपनि अनियमित तरिकाबाट दैनिक १४ घण्टा भन्दा बढी लोडसेडिङको मार नगरबासीहरुले खेप्दै आएको छ । झन सदरमुकाम बाहिर अर्थात ग्रामिण भेगको कुरा गर्ने हो भने कतिखेर बिजुली आउँछ र जान्छ भने टुङगो नै हुदैन् । 
दैनिक रुपमा बिहान, दिउँसो र राती गरी १२ घण्टा बिजुली दिने बताएको बिद्युत प्राधिकरण भने निर्धारित समयमा केबल हाजरी बनाउनलाई मात्र बिजुली दिने र काट्ने गरेको नगरबासीहरुलकबो गुनासो छ । 
बिजुली आउने समयमा ढिलो गरी बिजुली बत्ती आउने र आएपनि बिच बिचमा अनियमित ढंगबाट बिजुली काट्ने गरेका कारण थप पीडित बनेको नगरबासीहरुको भनाई छ । 
पहिला राजविराजबाहिर ग्रामिण भेगमा देखिने बिद्युत अनियमितताको समस्या अचेल राजविराजमा देखिन थालेको छ । 
बिहान १ बजेदेखि ३ बजेसम्म रहनुपर्ने बिजुली कहिले बिचमै काटिने त कहिले आउँदन आउने गर्छन भने बिहान ६ बजेदेखि ८ ः ३० बजेसम्म रहने भनिएको बिजुलीको पनि यस्तै रबैया रहन्छ, राजविराज–५ का स्थानिय रामनारायण यादव भन्छन्–‘‘ अब त बिद्युत प्राधिकरणले प्रकाशन गरेको लोडसेडिङ तालिका माथिको बिश्वास नै हटेर गएको छ ।” 
बिहानदेखि बेलुका सम्म बिद्युत प्राधिकरणको अनियमित रुपमा गर्ने बिजुली काट्ने प्रबृतिले बिद्यार्थीहरुको पढाई मात्र होईन्, अन्य व्यापारीका प्रयोजनका काम समेत प्रभाबित हुदै आएको उनको कथन छ । 
गत २०६२ सालअघि सम्म लोडसेडिङको मार महसुस नगरेका सप्तरीबासीहरुले त्यसपछि क्रमशः लोडसेडिङले नराम्ररी पीडित बनेका छन् । 
बिद्युत प्राधिकरण राजविराजका अघिल्लो कार्यालय प्रमुखहरुले लोडसेडिङ हुन नदिन प्रर्याप्त पहल गर्ने गरेकाले गत २०६२ पुर्व लोडसेडिङको महसुस नगरेपनि त्यस यताका कार्यालय प्रमुखहरुले त्यसतर्फ कुनै जागरुकता नदेखाएकाले सप्तरीबासी कृतिम लोडसेडिङको मार खेप्न बाध्य रहेको नगरबासीहरको आरोप छ । 
अनियमित रुपमा हुने लोडसेडिङबाट मुक्ति पाउन पटक पटक सप्तरीबासीहरुले आन्दोलन गरेपनि बिद्युत प्राधिकरणको रबैयामा कुनै खासै सुधार आउन नसकेको राजविराजका व्यापारी राजेश साह बताउँछन् । 
उनी भन्छन्–‘‘ बिद्युत प्राधिकरणको कति बिरोध गर्नु, आन्दोलन गरेको केही दिनसम्म समय तालिका अनुसार बिजुली दिन्छ, तर आन्दोलन सकेपछि उत्सै रबैया देखाउँछ बिद्युत प्राधिकरणले ।” 
बिजुली अनियमित रुपमा किन काटिन्छ, कतिखेर बत्ती आउँछ ? भन्ने जिज्ञासा राख्दा बिद्युत प्राधिकरणको कर्मचारी देखि कार्यालय प्रमुखसम्मको एउटै जवाफ हुन्छ, बत्ती माथिबाटै काटिएको हो वा बत्ती छिटै आउँछ उनी भन्छन्–‘‘ पहिलो कुरा त समयमा बिद्युत प्राधिकरणको फोन उठ्दै कथमकदाचित उठाई हालेपनि उही रेडिमेट जवाफ हुन्छ माथिबाट समस्यादेखिएको हो ।” 
बिद्युत सप्लाय गर्दै आएको भारतको कटैया पावर हाउसलाई माथि भन्ने बिद्युत प्राधिकरण राजविराजले बत्ती किन गयो, कतिखेर आउँछ भन्ने बारेमा माथिलाई मात्र थाहा हुन्छ, हामीले सम्पर्क गर्दैछौ भने बाहेक उनीहरुको अर्काे जवाफ केही हुदैन् उनको भनाई छ । 
कटैया पावर हाउसलाई दोष देखाएर बिद्युत प्राधिकरणका कार्यालय प्रमुख कुसियैतले आफ्नो कमजोरीलाई लुकाउँदै आएको नगरबासीहरुको कथन छ । 
बिद्युत कार्यालयका प्रमुखले कटैया पावर हाउससँग राम्रो सम्बन्ध नराखेकै कारण सप्तरीबासीहरुले नराम्ररी लोडसेडिङको मार खेप्न बाध्य रहेको नगरबासीहरु बताउँछन् ।
यता बिद्युत प्राधिकरण राजविराजका प्रमुख कसियैत भन्छन्–‘‘ माग बमोजिम कटैया पावर हाउसले बिद्युत आपुर्ति गर्न नसक्दाँ लोडसेडिङको मारबाट मुक्त हुन नसकेको हो ।” पटक पटक बिद्युत सुधारका लागि भार सम्प्रेसन केन्द्रमा पहल गर्दा समेत कटैया पावर हाउसका प्रमुखहरुसँग यस सन्दर्भमा कुरा गर्ने आश्वासन मात्र पाउँदै आएपनि सुधार आउन नसकेको प्रमुख कुसियैत स्वीकार्छन् ।
बिद्युत चुहाबट र अन्य प्राबिधीक कारणले ओभरलोड हुदाँ बिद्युत आपुर्ति हुने समयमा पनि कटैया पावर हाउसले बिद्युत काट्ने गरेको प्रमुख कुसियैतको कथन छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट