News Category 2076/06/02

संविधानप्रति असन्तुष्टी कहिले हट्ने !

दैनिक समाचारदाता

    आज नेपालको नयाँ संविधान जारि भएको चार वर्ष पुगेको छ । यद्दपी यी चार वर्षमा संविधानप्रति असन्तुष्टी हट्न सकेको छैन् । अहिले पनि मधेश केन्द्रित दल मध्ये राष्ट्रिय जनता पार्टी नेपालले संविधानलाई आत्मसाथ गर्न सकिरहेको छैन् । आजको दिन सरकारले संविधान दिवसको रुपमा मनाउँदै छ भने संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै राजपाले कालो दिवसको रुपमा मनाउँदै छ । त्यस्तै अर्को समाजवादी पार्टीले संविधान दिवस मनाउनेप्रति मौन बसेको छ । यसरी एउटै मुलुकमा एउटै संविधानप्रति तीन थरिका व्यवहारप्रति सत्तापक्ष दलले मनन् गर्नु पर्ने बेला भएको छ । 
    यही संविधान अन्तरगत राजपा र तत्कालिन संघीय समाजवादी फोरम नेपालले तीनै तहको निर्वाचनमा सहभागिता समेत जनाएका थिए । तर, तीनै तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत दुबै दलले आ–आफ्नो तरिकाबाट संविधानप्रति व्याख्या गर्दैैछन् । संविधानप्रति असन्तुष्टी व्यक्त गर्दै २०७२ सालमा ६ महिनासम्म मधेश आन्दोलन समेत भएको थियो ।  सो आन्दोलनका क्रममा ठूलो जनधनको क्षति र व्यापार घाटादेखी सरकारसँग भारतको सम्बन्धमा समेत केही चिसिएको थियो । तर, पछि तत्कालिन सरकारले मधेशीको मागप्रति लचकता अपनाएर तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भयो । परिणाम स्वरुप आज सरकारले संविधान जारि भएको खुशियालीमा संविधान दिवस राजपाले कालो दिवस र समाजवादी पार्टी मौन बसको छ ।  
    तसर्थ संविधान जारि भएको चौथो वर्षको अवसरमा सरकारले अब आउँदो वर्ष सम्पूर्ण राजनैतिक दललाई एउटै थलोमा राखेर संविधान दिवस मात्र मनाउने वातावरण निर्माण गर्नेप्रति गम्भिर ध्यानाकर्षण गर्नु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट