News Category 2076/06/28

मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी

दैनिक समाचारदाता

मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा फुलवारी क्रिकेट क्लव सुनसरीले सिरहा क्रिकेट एकेडमीलाई २७ रनले पराजित गरेको छ ।
    मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
    जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए । 
    बलिंगतर्फ सिरहा ऐकेडमीका पार्थिव यादबले कसिलो बलिंग गर्दै ६ बिकेट तथा एफ सिद्विकी, दिलिप यादब र देवेन्द्र साहले समान्य १÷१ विकेट हात पारेका थिए ।
    प्रतिउत्तरमा सिरहा क्रिकेट एकेडमीले १८.६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मै सिमित रहे । जसमा असोक यादबले २८, दिलिप यादब २६, प्रदिप पंडित १४ र प्रकाश कामैत १० रन जोडे पनि टिमलाई जिताउन सकेन ।
    यता बलिंगतर्फ बिजेता टिम फुलवरीयाका बिपिन महत ३ बिकेट, प्रवेश कामैत २ र सोनु मण्डल र जितेन्द्र यादबले १÷१ विकेट लिएका थिए । जसमा बिजेता टिमका बिपिन महतले म्यान अफ दि म्याच घोषित भए ।
    एक कार्यक्रम बिच बिष्णुपुर गाउपालिकाका अध्यक्ष लिलाम्वर यादबले ब्याटिंग गरेर उद्घाटन गरेको आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट