News Category 2070/11/13

उतिर्ण संख्या बढाउन सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ फाल्गुण । 
सप्तरीका अधिकांश सामुदायिक माध्यमिक बिद्यालयहरुले एसएलसी दिने बिद्यार्थीहरुलाई लक्षित गरी कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।
गतबर्षको एसएलसी परिक्षामा नराम्रो परिणाम आएपछि यसबर्षको परिक्षामा उत्तिर्ण संख्या बढाउन बिद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका हुन् । 
सार्वजनिक बिदाका कारण कोर्ष पुरा हुन नसकेको र एसएलसी परिक्षाको पुर्ण तयारी गराउने उद्देश्यले अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको बिद्यालयका प्रधानाध्यापकहरु बताउँछन् ।
कतिपय बिद्यालयहरुले बिद्यार्थीहरुसँग न्युनतम शुल्क लिएर त कतिपयले बिद्यालयको आन्तरिक कोषबाट अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छन् । 
गतबर्ष अतिरिक्त कक्षा सञ्चालन नगरेकाले सप्तरी जिल्लामा नियमित तर्फ मात्र १९ दशमलव २३ प्रतिशत र एक्जामटेडतर्फ शुन्य दशमलव ५४ प्रतिशत मात्र बिद्यार्थी उतिर्ण भएकाले यसबर्ष उतिर्ण संख्या बढाउन बिद्यालयकै शिक्षकहरुको सक्रियतामा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको प्रअहरुको कथन छ । 
अतिरिक्त कक्षा एसएलसी दिन लागेको बिद्यार्थीहरुको लागि सहयोगी र फलदायी बन्ने विश्वासको साथ अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको बताउँदै प्रअ यादवले सप्तरीका करिब ९० प्रतिशत सामुदायिक मावि बिद्यालयहरुले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको पाइएको बताउनुभयो । 
सामुदायिक र निजी गरी ७३ वटा माध्यमिक बिद्यालयहरु रहेको सप्तरीमा यसबर्ष नियमिततर्फ ८ हजार ६ सय ३९ र आंशिकतर्फ ४ हजार ७ सय ४३ गरी १३ हजार ३ सय ८२ जना परिक्षार्थीहरु सहभागि हुँदैछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट