News Category 2070/11/19

गैर पत्रकारहरुलाई सदस्यता दिने निर्णय नसच्याए प्रेस युनियन संघर्षमा ओर्लने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ फागुन । 
नेपाल प्रेस युनियन सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नयाँ सदस्यता वितरण गर्ने क्रममा पत्रकारितामा कुनै पनि हिसाबले संलग्न नरहेका व्यक्तिलाई सदस्यता दिने तयारी गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
युनियनका अध्यक्ष ओमप्रकाश साहद्वारा हस्ताक्षरित ज्ञापनपत्र आइतबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति धिरेन्द्र प्रसाद साहले बुझाइएको छ । 
बुझाइएको ज्ञापनपत्रमा महासंघले राजनीतिक दलमा खुल्लेआम आवद्ध भएका, अन्य पेशा, व्यवसायमा संलग्न भएका व्यक्तिहरुलाई पनि सिफारिस गर्न लागेको जानकारी प्राप्त भएको उललेख छ । 
सोही ज्ञापनपत्रमा पत्रकार महासंघका पूर्वसभापतिहरुले निर्धारण गरेको मापदण्ड विपरीत पदाधिकारीहरुले मनमानी ढंगले सदस्य भागबण्डा गरि पत्रकारिता नगरेकाहरुलाई महासंघमा आवद्ध गराउनु बिशुद्ध पत्रकारहरुको मर्यादामा ठेस पु¥याउने काम गरिरहेको आरोप समेत लगाइएको छ । 
तसर्थ महासंघमा गैर पत्रकारहरुको सदस्यता सिफारिस नगर्न माग गर्दै सो निर्णय फागुन २० गतेसम्म नसच्याए संघर्षमा ओर्लने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख छ । साथै आइतबार सम्पन्न युनियनको बैठकबाट संघर्षका लागि रामनारायण विश्वासको संयोजकतवमा तीन सदस्य संघर्ष समिति समेत गठन गरिएको छ । सो समितिको सदस्यहरुमा बिनयकुमार लाल कर्ण र संजिवविक्रम साह रहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट