News Category 2070/11/20

समयतालिका अनुसार अघि बढ्न सकेमात्र संविधान बन्छ ः महासचिव मैनाली

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ फागुन । 
नेकपा मालेका महासचिव सीपी मैनालीले समयतालिका बनाएर संबिधान निर्माणमा ठुला दलका नेताहरु इमान्दार भएमात्र आगामी एकबर्षभित्र मुलुकले नयाँ संबिधान पाउने बताउनु भएको छ ।
नेकपा माले सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव मैनालीले हचुवाको भरमा दलका नेताहरुले एकबर्षभित्र संबिधान बन्ने भन्दैमा संबिधान नबन्ने बताउनुभयो ।
प्रधानमन्त्री सुशिल कोइरालाले पनि एकबर्षभित्र संबिधान बनाइसक्ने दृढता व्यक्त गरिसक्नुभएकोले सरकार र सबैदल एकबर्षभित्र संबिधान निर्माणका लागि इमान्दारिताका लाग्नुपर्ने बताउनुभयो । 
सरकार चलाउनु र संबिधान निर्माण गर्नु फरक बिषयबस्तु भएकाले आफ्नो दल वर्तमान सरकारमा सहभागि हुन लागेको उल्लेख गर्नुहुँदै महासचिव मैनालीले प्रधानमन्त्री कोइराला म्यानमार भ्रमणबाट फर्किए लग्तै आफ्नो दललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय दिएर सरकारमा सहभागि गराउने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट