News Category 2076/08/07

आन्तरिक विवाद सार्वजनिक नगरौं

दैनिक समाचारदाता

    कुनै पनि राजनीतिक दलको मेरुदण्ड भातृ संघ संगठन हो । भातृ संघ संगठन बलियो र विवादरहित भएमा मात्र पार्टीको कामकाज सूचारु ढंगले चल्न सक्छ । यदी भातृ संघ संगठनमा कुनै विवाद भएमा त्यसलाई सक्दो चाडै समाधान गर्नेतर्फ पार्टी नेतृत्व पंक्तिले कदम चाल्नु पर्दछ । विवाद लम्बिदै गएमा पार्टीलाई नै नकारात्मक असर पर्न सक्छ । सन्दर्भ हो सप्तरी काँग्रेसको भातृ संगठन नेवि संघ र तरुण दलमा देखिएको विवाद । हुन त काँग्रेस सप्तरीले सो विषयमा विवाद नरहेको स्पष्ट समेत पारिसकेको छ । 
    तर, अहिले पनि दुबै भातृ संगठनको अध्यक्षका लागि दुई पक्षबीच जुंगाको लडाई चलिरहेको छ । काँग्रेसको भातृ संगठन नेवि संघको अध्यक्ष बारे जिल्ला समितिले आफ्नो आधिकारीक्ता बारे स्पष्ट पारिसकेको छ भने तरुण दल जिल्लामा विघटन भएको बारे समेत धारणा राखिसकेको अवस्थामा अर्को पक्षले दुबै संगठनको अध्यक्ष बारे बारम्बार विज्ञप्ति जारि गर्दै संचारमाध्यमबाट जानकारी गराउँदै आएको छ । पार्टी भित्रै अर्को पक्षले आफ्नो अडान राख्नुको साटो मिडियाबाजी गरेर कस्तो सन्देश दिन खोजेको हो ? मिडियालाई प्रयोग गरेर कति दिनसम्म यस्ता आन्तरिक विषयलाई सार्वजनिक गर्ने हो ! यो एउटा गम्भिर विषय हो । 
    कुनै पनि असन्तुष्टिलाई पार्टी भित्रै छलफलको माध्यमबाट समाधान गर्नुको साटो मिडियाबाजी गर्नु उचित कार्य होइन् । तसर्थ यस्ता गम्भिर विषयलाई दुबै पक्षले आन्तरिक रुपमै छलफल गरेर पूर्णबिराम लगाउन आवश्यक छ ।     

प्रतिकृया दिनुहोस

ताजा अपडेट