News Category 2076/08/11

सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

दैनिक समाचारदाता

सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

दैनिक समाचारदाता
रौतहट, ११ मंसिर । 
    रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने भएको छ । 
    प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ । 
    सम्पन्न खेलमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्दै बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रन तथा रोहन बिकले २७ रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो । 
    यता बलिंग तर्फ रौतहटका संजय बांगर र रवी साहले सामान २ बिकेट तथा बिकास पटेलले १ बिकेट लिएका थिए । 
    १ सय १३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले ७३ रनमै समेटिएको थियो । सप्तरीका कप्तान महवुव आलमले ३ महत्वपुर्ण बिकेट लिएपछि रौतहटको ईनिंग धरासायि हुन पुगेको हो ।
    त्यस्तै रोहित सिंह र बिवेक यादवले सामान ३ बिकेट लिई साथ दिएका थिए भने बिवेक यादवले १ बिकेट लिएका थिए । रोहित सिंहले लिएका ३ बिकेट ह्याट्रिक वापत प्राप्त गरेका थिए । सम्पन्न खेलको म्यान अफ द म्याचको पुरस्कार अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो । 
    गत ५ गते देखि संचालित प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ का ८ वटै जिल्लाले सहभागिता जनाएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट