News Category 2070/11/22

स्थानीय निकायको निर्वाचन माग गर्दै राप्रपा नेपालद्वारा ज्ञापन तथा धर्ना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ फागुन । 
स्थानीय निकायको निर्वाचन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 
राप्रपा नेपालका सभासद् गंगा प्रसाद यादवको नेतृत्वमा निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत ज्ञापनपत्र बुझाएको हो । 
बुझाइएको ज्ञापनपत्रमा स्थानीय निकायको निर्वाचन नभएको १६ वर्ष बितिसकेको जनाउँदै १० वर्षदेखी स्थानीय निकायहरु जनप्रतिनिधी बिहीन रहेको अवस्था अवगत गराइएको छ । जसको परिणाम सेवाग्रही जनता सेवाबाट बञ्चित रहनु परेको तथा विकास निर्माणको कार्य अवरुद्ध हुनुका साथै साधन श्रोतको व्यापक दुरुपयोग भएको उल्लेख छ । 
ज्ञापन बुझाएपछि सो पार्टीले एक घण्टा प्रशासन कार्यालयको मूल गेट अगाडी धर्ना समेत दिएको छ । सो धर्नामा सभासद् लगायत पार्टीका नेता तथा कार्यकताहरु सहभागित रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट