News Category 2076/08/24

जिल्लाको काम र  कर्तव्यबारे सोचौं

दैनिक समाचारदाता

    सप्तरी जिल्ला नेपालकै नमूना जिल्ला हो । यो जिल्ला हरेक दृष्टिकोणले अग्रपथमा रहँदै आएको छ । बिगतका दिनहरुलाई हेर्ने हो भने शिक्षा, स्वास्थ्य, विकासको नाममा धेरै प्रगति गरेको छ । बिगतका तथ्यहरुलाई हेर्ने हो भने जिल्लालाई उदाहरणीय भन्दा पनि हुन्छ । यद्यपी बर्तमान समयमा यो जिल्ला विकासको अन्य गतिविधिको नाममा शून्य छ । बिगतमा बनेको पूर्वाधार, संरचना जसमा हामी रजाइँ र उपभोग गर्दै आएका छौं त्यो बाहेक एक दशक यता हामी केहि गर्न सकेका छैनौं । 
    विकासको कुरा गर्छाै तर स्वार्थमा आएर सबै कुरा बिर्सेका छौं । हामी एकछिन बिगतका कुरालाई नियालौं । हाल जिल्लाका राजनीतिक दलका प्रतिनिधीहरुले बिभिन्न विकासीय कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्दै छन् । क्षेत्र नं. १ का जनप्रतिनिधिले हात्ति धपाउनेदेखी लिएर अन्य विकासीय कार्यका लागि बजेट छुट्याएका छन् । त्यस्तै क्षेत्र नं. २ का जनप्रतिनिधिहरुले एकमुष्ठ रुपमै इन्जिनियरिङ कलेज संचालनका लागि बजेट छट्याएका छन् । 
    यसरी हेर्दा जिल्लाको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु लागिपरेका छन् भने यसका निम्ति सम्पूर्ण जिल्लावासीले ती विकासीय कार्यमा हातेमालो गरेर हरसम्भव सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ । अनिमात्र जिल्लाको विकास अगाडी बढ्नुका साथै सम्पूर्ण जनताको दिर्घकालिन विकास समेत हुने कुरामा मनन् गरौं । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट