News Category 2070/11/23

चोरी र आगजनीमा संलग्नहरुलाई सार्वजनिक गर्न माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ फागुन ।
सप्तरी उद्योग बाणिज्य संघ राजविराजले पछिल्लो समय राजविराज नगरपालिका क्षेत्रभित्र चोरी तथा पसलमा आगजनी जस्ता अप्रिय घटनाहरुमा संलग्नहरुलाई यथासिघ्र पक्राउ गर्न स्थानिय प्रशासनसँग आग्रह गरेको छ । 
सप्तरी उद्योग बाणिज्य संघ राजविराजले बिहीवार सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । 
उद्योग बाणिज्य संघका महासचिव अनन्त लाल साहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रेस बिज्ञप्ती जारी नगरक्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई चोरी तथा पसल आगजनीका घटनामा संलग्नहरुलाई पक्राउ गरि सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
बिगत ६ महिना यता नगर क्षेत्रमा बिभिन्न घटनाहरु हुँदै आएपनि अपराधीहरुलाई  पत्ता लगाउन प्रहरी असक्षम रहेकोले आमनागरिक तथा व्यापारीहरु आक्रान्त हुन पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।   
यसअघि बुधबारराति राजविराजस्थित मेनरोडमा रहेको जयशंकर इम्पोरियम कपडा पसलको सटरमा अज्ञात समूहले एक दर्जन भन्दा स्थानमा डिजल छर्केर आगो लगाउने असफल प्रयास गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट