News Category 2076/08/25

मलखादको अभाव कहिलेसम्म १

दैनिक समाचारदाता

    खेतीको समयमा मलखादको अभाव र चर्को मुल्यमा खरीद गर्ने किसानहरुको बानी नै भइसकेको छ । हरेक वर्ष खेतीको बेला किसानहरु मलखाद पाउने की नपाउने भन्ने दोधारको बीच खेती गर्न लागिपर्छन् । मलखाद हाल्ने समयमा पुरानै रबैया मलखादको अभाव हुन्छ । तै पनि कृषकहरु जसोतसो चर्को मुल्य वा छिमेकी मुलुक भारतबाट मलखाद खरीद गरेर खेती गर्नेगर्छन् । तर, सरकारी निकायले हरेक वर्ष झै मलखादको अभाव हुँदैन, सरकारी कोटाको मलखाद बितरण गर्ने आश्वासन दिन्छ । र आफूले गरेको आश्वासप्रति सरकार अडिक रहन असफल हुन्छ । र कृषकहरु मलखादको अभावले पिरोलिदै जसोतासो खेती सम्पन्न गर्छन् अनि सरकार पनि कानमा तेल हालेर सुस्ताउँछ । 
    हो, यो समस्या एक दुई वर्षको होइन् । यो समस्या दशकौंदेखी चलिआएको छ । यसको निकास बारे सरकारले हालसम्म कुनै वैकल्पिक उपाय सोचेको छैन् । मात्र उत्पादनमा हस आयो भन्दै बिलौना गर्छ । यस्तो गम्भिर विषयमा पनि सरकार सचेत हुन सकेको छैन् । सरकारले कृषकहरुलाई आवश्यक मलखाद उपलब्ध गराउन नसक्दा गुणस्तरीय उत्पादन हुन सकिरहेको छैन् । त्यसमा पनि कृषकहरु आकोश पानीमा निर्भर रहनु परेको छ । प्राय तराईमा खेती गर्ने प्रचुर सम्भावना रहँदा रहँदै पनि कृषकको समस्या बारे सरकार गम्भिर भएको देखिन्न् । । यता उचित सिंचाईको व्यवस्था समेत नहुँदा कृषकहरुलाई सिंचाईले समेत पिरोलेको छ । 
    तसर्थ सम्बन्धित निकायले किसानहरुका लागि मलखाद, सिंचाई, बिउबिजन तथा आवश्यक सामग्रीहरु समयमा उपलब्ध गराई सहज रुपमा खेती गर्नेतर्फ प्रोत्साहन गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट