News Category 2070/11/24

हात्ती आतंक रोक्न बाणिज्य संघ र सभासद्द्वारा मन्त्रीलाई आग्रह

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ फागुन । 
सप्तरीका सभासद्हरु र सप्तरी उद्योग बाणिज्य संघका पदाधिकारीहरुले वनमन्त्री महेश आचार्यलाई भेटेर सप्तरीको पुर्वी क्षेत्रमा जंगली हात्तीले मच्चाउँदै आएको आतंक रोक्न आग्रह गरेको छ ।
सप्तरीको क्षेत्र नम्बर १ का सभासद् मानपुर चौधरी, क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादव, क्षेत्र नम्बर ५ का सभासद् तेजुलाल चौधरी र क्षेत्र नम्बर ६ का सभासद् सुरेन्द्र प्रसाद यादव तथा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान सम्मिलित टोलीले वनमन्त्री आचार्यलाई भेटेर हात्ती आतंक रोक्न माग गरेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्ती आतंकले सप्तरीको पुर्वी क्षेत्रमा आतंक मच्चाउँदै आएकोले तत्काल हात्ती आतंक रोक्न सभासद्हरु र उद्योग बाणिज्य संघको टोली वनमन्त्रीसँग आग्रह गरेको सप्तरी क्षेत्र नम्बर १ का सभासद् चौधरीले जानकारी दिनुभयो ।
आफुहरुको आग्रह पश्चात वनमन्त्री आचार्यले हात्ती आतंक रोक्न, आरक्षभित्र रहेको छाडा पशु चौपाया नियन्त्रण र आरक्ष वरपरका पुर्वी क्षेत्रको गाविसहरुमा तत्काल सोलार जडान गर्न निर्देशन दिइने आश्वासन दिनुभएको सभासद् चौधरीले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट