News Category 2076/08/26

मानसिकतामा परिवर्तन आवश्यक

दैनिक समाचारदाता

    मानिस ठूलो जातले नभई सोचले हुन्छ । जसकारण प्रत्येक व्यक्तिले आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ । कुनै पनि व्यक्तिलाई जातका कारणले हेल्हा गर्न उचित हुँदैन । तर, अहिले पनि समाजमा जातका आधारमा मानिसलाई ठूलो सानो बनाउने गरिन्छ । यसका निम्ति निर्माण भएका कानुनको फितलो कार्यान्वयनले गर्दा समस्या ज्युँको त्युँ छ । कानुन बने पनि त्यसलाई कार्यान्वयन गर्ने निकाय फितलो देखिन्छ । 
    अहिले पनि समाजमा यस्ता भेदभाव हट्न नसक्नु जातिय मानसिकताको उपज हो भन्नु कुनै दुइमत नहोला । विशेष गरि यस्ता भेदभाव आफूलाई माथिल्लो जातिको भनाउँदाहरु दलित समुदाय माथी गर्ने बढी हुने गरेको पाइएको छ । जातिय भेदभावलाई निरुत्साहित गर्न संविधानमै उल्लेख भए पनि यसप्रति अहिले पनि समाज सचेत भएको पाइन्न् । दलित अन्तरगत डोम समुदाय यसबाट बढी पीडित भएको पाइएको छ । डोम समुदायलाई शताब्दीदेखी नै तल्लो कामका लागि प्रयोग गर्दै आएको देखिन्छ । तर, सोही डोम समुदायका व्यक्तिको हातबाट बनाइएको नाङ्गगो, सुप, ढक्की जस्ता बाँसका सामाग्रिहरु छर्ठ पर्वमा नभइ नहुने सामाग्रिहरु हुन् । उक्त सामाग्रिहरु बनाउने कला डोम समुदायका व्यक्तिहरुलाई मात्र रहेको छ । 
    यसरी आफूलाई चाहिएको बेला काम निकाल्ने र अरु बेला अपहेल्ना गर्ने कार्यले गर्दा तल्लो जातिहरु उपल्लो जातिको चपेटामा पर्ने गरेका छन् । सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले समेत यस्ता बिसंगती र विकृतीलाई न्यूनिकरण गर्न निकै खर्च गर्ने गरेको पाइन्छ । तर, समस्या ज्युँ को त्युँ छ । तसर्थ यसका लागि सबै भन्दा उत्तम विकल्प सबैले आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट