News Category 2070/11/24

हिउ“को चिसोले राजविराज निवासी शिक्षक झाको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ फागुन । 
राजविराज नगरपालिका वडा नं ५ घर भएका शिक्षक कृपानन्द झाको मुगु जिल्लास्थित घुच्ची लेकमा बिहीबारराति ज्यान गएको हो ।
विद्यालयको हिउँदे बिदा सकिएपछि घरबाट आफ्नो कर्मस्थल विद्यालय फर्कंदै गरेका शिक्षक झाको हिउँको चिसोले गर्दा बिहीबारराति ज्यान गएको छ ।
मुगु जिल्लास्थित पूर्वी करान भेगको पुलु गाविसमा रहेको सरस्वती प्राथमिक विद्यालयमा कार्यरत रहेका छन् । 
मृतक झासँग मुगु जिल्लामा कार्यरत शिक्षक श्रीलाल लेखी, सूर्यनारायण साह लगायतका साथीहरू हिमपातका कारण मुगुको रारा विमानस्थल गत १५ गतेबाट बन्द भएपछि नेपालगन्जदेखि जुम्लाको गोठी जिउलासम्म गाडीमा आएका र मुगु जाने मोटरबाटोमा तीन फिट बढी हिउँ परेकाले पैदल हिँडेर मुगु फर्कंदै थिए ।
प्रारम्भिक चरणमा हिउँको चिसोले मृत्यु भएको बुिझए पनि मृतकको शव परीक्षणपछि मात्र यथार्थ थाहा हुने प्रहरी नायब उपरीक्षक पुस्कर केसीले बताउनुभयो ।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घण्टा दक्षिण पश्चिम पिना गाविसमा पर्दछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट