News Category 2076/09/07

सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 

दैनिक समाचारदाता

सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 

अमरनाथ मण्डल
    स्वास्थ्य मानव जिवनको प्रमुख आधार रहेको अवस्थामा स्वस्थ्य जीवन जिउनुको लागि स्वास्थ्य क्षेत्रको आफ्नो क्षेत्र र आफ्नो स्तरबाट महत्वपूर्ण भुमिका रहेको छ ।  स्वास्थ्य रहनु परिवार देश, समाजको विकासमा महत्वपूर्ण योगदान दिन सकिन्छ । आफू स्वस्थ्य रहँदा समाजलाई स्वास्थ्य राख्नुपर्ने परिवारलाई स्वास्थ्य राख्नुपर्ने विचार तथा स्वस्थ्य जिवन नै मानव जिवनको प्रगतिको मार्गलाई अगाडी बढाउन सकिन्छ । हरेक क्षेत्रमा विकासको गतिको लागि अगाडी बढाउन स्वस्थ्य समाजको निर्माण हुनुपर्ने आवश्यकता रहेको देखिन्छ । तर अहिले सप्तरी जिल्ला नेपालको स्वास्थ्य क्षेत्रमा सबभन्दा पछाडी पिछडिएका जिल्लाको रुपमा चिनिन्छ । सप्तरीको स्वास्थ्य क्षेत्रहरु दिन प्रति दिन कमजोर हुँदै गईरहेको छ । सप्तरी जिल्लाको एक मात्र गजेन्द्र नारायण सिंह अंचल अस्पतालको अवस्था पनि दिन प्रतिदिन दायनीय बन्दै गईरहेको छ । केही दिन पूर्व अस्पताल रेफर सेन्टरको रुपमा चिनिन्थ्यो भने उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा सप्तरीको स्वास्थ्य क्षेत्रको लागि चिकित्सकहरु अस्पतालमा पठाए तापनि दरबन्दी अनुसार चिकित्सकहरुको पदपुर्ति अहिलेसम्म अस्पतालमा भइ सकेको छैन भने पठाएका चिकित्सकहरु अधिकांश काजमा बस्ने गरेको र अस्पताल भित्र रहेका चिकित्सकहरु बढी अस्पताल सम्बन्धी क्लिनिक मुखी बढी देखिन्छ । 
    अस्पताललाई सुधारको तिर उन्मुख गर्न केही पहल भएतापनि अस्पतालमा प्राविधिक यन्त्र भौतिक सामग्री निर्माण तथा आवश्यक महत्पूर्ण यन्त्रहरुको खाँचो अहिले पनि त्यति नै रहेको देखिन्छ । अस्पतालमा डाइलोसिस सेवा संचालन रहे तापनि सो सेवा अहिले निस्कृय बन्दै गईरहेको छ भने भिडियो एक्सरे लगायत अन्य सेवाहरु नियमित सेवा दिन सकिरहेको छैन भने अंचल अस्पताल रहे तापनि एउटा पनि इको मेसिन नरहेको तथा इर्मेेजेन्सी शाखामा इसिजि मेसिन नियमित बिग्रेको अवस्थामा रहेको तथा अस्पतालमा सरसफाईको अवस्था त्यति नै दयनीय रहेको कारण साधारण भन्दा साधारण रोगीहरु रिफर भई धरान र विराटनगर उपचार गराउन बाध्य बन्दै छ । 
    स्वास्थ्य मन्त्री रहँदा खेरी उपेन्द्र यादव जीको कार्यकालमा स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजको चर्चा परिचर्चा जोरतोरले अगाडी बढिरहेको देखिएको थियो भने प्रतिष्ठानको लागि कार्यालय समेत खुलेको तथा जग्गा समेत उपलब्ध भएको अवस्थामा अहिले प्रतिष्ठानको गतिविधि शुन्य बन्दै गईरहेको र प्रतिष्ठान निर्माण हुने कि नहुने शंका उपशंकाहरु उठिरहेको देखिन्छ । त्यस्तै नरसिंह कलेज गजेन्द्र नारायण सिंह अस्पताल हाता भित्र निर्माण भईरहेको छ भने सो कलेज कहिले देखि संचालन हुने कि नहुने विगतका विभिन्न कलेजहरुको अवस्था र गतिविधि हेरेर सप्तरीबासीहरुको मनमा अनेकौ किसिमहरुको प्रश्नचिन्हरु खडा भईरहेको छ । 
    सप्तरीमा आफ्नो उपचार गराउन प्रयाप्त भौतिक सामग्री भरिपूर्ण अस्पताल र स्वास्थ्य नभएको कारण सप्तरीबासीहरु महँगो र चर्को शुल्कमा विराटनगर, धरान, भारतको दरभंगा तथा काठमाण्डौ उपचार गर्न बाध्य भईरहेको अवस्थामा आर्थिक मारको भार दिन प्रतिदिन सप्तरीबासीहरु खेपिरहेका छन् भने सप्तरीको अन्य स्वास्थ्य क्षेत्रहरुको अवस्था दयनीय रहेको छ  । जिल्ला जनस्वास्थ्य कार्यालय स्थानीय नगरपालिका र गाउँपालिकाहरुमा समायोजन भएको कारण जनस्वास्थ्य कार्यालयका कर्मचारीहरु समायोजनको कारणले गर्दा पनि अहिले अलपत्र परिरहेका छन् भने स्वास्थ्य चौकीहरुमा साधारण भन्दा साधारण उपचारको लागि भरपर्दो सेवा सुविधा नभएको कारणले रोगीहरु अलपत्र परिरहेका छन् । केही स्वास्थ्य चौकीहरुमा साधारण सिटामोल नपाएको अवस्था रहेको अवस्था कतिपय कर्मचारीहरु नियमित कार्यालयमा उपस्थिति नरहेको देखिन्छ । कतिपय स्वास्थ्य चौकीहरुमा साधारण वि.पी. जाँच्ने मेसिनपनि खरा रहेको अवस्था भेटिन्छ । 
    समग्ररुपमा हेर्दा खेरी मानव जिवको महत्वपूर्ण सरोकारका विषय स्वास्थ्य क्षेत्र रहेता पनि सरकारी स्वास्थ्य क्षेत्र दिन प्रति दिन आफै बेमार बन्दै अवस्थामा सप्तरीमा केही निजी अस्पतालहरुको अवस्था पनि त्यही नै रहेको छ । निजी अस्पतालको महँगो शुल्क रहे तापनि उपचार भरपर्दो नरहेको कारण रोगीहरु उपचार गर्न अन्यन्त्र विफर भई उपचार गराउन गई देखिन्त । 
    यता सप्तरीमा एक मात्र आँखा अस्पतालले सेवा दिई रहेको अवस्थामा आँखा अस्पतालमा प्रविधिक तथा आवश्यक यन्त्रहरुको खाँचोको कारण १ सय भन्दा बढी रोगीहरु नदेख्ने अस्पताल परिसरमा नोटिस टांस्ने गरेको पाइन्छ । जसको कारण अधिकांश रोगीहरु अस्पताल परिसरबाट उपचार नगराई फर्केने गरी अवस्था रहेको छ । सप्तरी जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था यहाँका जनप्रतिनिधिहरुको चासो तदरुक्तामा धेरै खाँचो रहेको कारण सवास्थ्य क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्र दिन प्रति दिन कमजोर भई सप्तरीबासीहरु उपचार गराउन बाहिर जानु पर्ने बाध्यता रहेको छ । यसको जिम्मेवारी कसले लिने हो भने आफैमा होड्बाजी चलिरहेको अवस्थामा सबै मिलि स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य चुस्त दुरुस्त तथा उपचारको प्रमुख माध्यम बनाउनु पर्ने अवस्था रहेको छ ।
    सप्तरी जिल्ला वर्षौ देखि स्वास्थ्य क्षेत्रमा पिछडिएको जिल्लाको रुपमा रहेको अवस्थामा एक मात्र अंचल अस्पताललाई सुधार मुखी बनाई भौतिक तथा निर्माण भईरहेका कार्यहरुलाई तदरुपताका साथ सम्पन्न गराई अस्पताल प्रशासनहरुमा अनुशासनको पालना तथा दरबन्दीमा रहेका चिकित्सकहरु नियमित अस्पतालमा सेवा दिनु र कमि रहेका उपकरणहरु नेपाल सरकारसँग माँग गरी दवावमुलक स्थितिको सिर्जना गरी उपकरणहरु उपलब्ध गराउन स्थानीय जनप्रतिनिधि प्रदेश सरकार तथा केन्द्रिय सरकारमा सामिल रहेका सप्तरीका जनप्रतिनिधिहरुको प्रमुख दायित्व रहेको छ । त्यस्तै सप्तरीबासीहरु पनि आफ्नो स्तरबाट दवाव मुलक स्थितिको सिर्जना गरी सप्तरीको निर्माणको क्रममा रहेका मेडिकल कलेजहरु तथा नरसिंह कलेज लगायत अंचल अस्पतालको सुधारमा आफ्नो आवाजलाई बुलन्त गरी जोदार रुपमा आवाज उठाउनु पर्ने अवस्था रहेको देखिन्छ । विराटनगर र धरान रेफर भइ रहेका रोगीहरुलाई सप्तरीमा नै भरपूर स्वास्थ्य सेवा दिनु स्थानीय प्रतिनिधिहरुको प्रमुख कर्तव्य रहे तापनि अहिले स्वास्थ्य क्षेत्र प्रति कानमा तेल हाली बसिरहनु कति उचित रहेको भने प्रश्न जनताले भोली निर्वाचनको समयमा गर्ने छ भने विर्सनु जनप्रतिनिधिहरुको लागि ठूलो भुल हुने छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट