News Category 2076/09/09

सरोकारवाला निकायको ध्यान पुगोस्

दैनिक समाचारदाता

    सप्तरी जिल्लाको भौगोलिक अवस्था हेर्ने हो भने सुख्खायाममा आगलागि, वर्षा मौसममा बाढी तथा जाडो मौसममा शितलहरबाट मानिसहरु प्रभावित हुने गरेका छन् । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गरेर यस्ता दैवी प्रकोपबाट बच्नका लागि स्थानिय निकायले पूर्वतयारी गर्नु आवश्यक रहेको छ । 
    जलवायु परिवर्तनको असरले हुन सक्छ केहि वर्षयता सप्तरीमा आगो, बाढी र शितलहरले निकै कष्ट दिइरहेको छ । हरेक वर्ष आगलागिमा करोडौं भन्दा बढी रकमको क्षति हुने गरेको छ भने बाढीले त कष्टपूर्ण तरिकाले लगाइएको बालिनालीलाई क्षति पु¥याउदै आएको कुरा सर्वविदितै छ । केहि वर्षदेखी शितलहरका कारण मानिसहरुको ज्यान समेत जाने गरेको छ । यसरी हेर्दा सप्तरी सरकारी निकायबाट उपेक्षित रहिरहेको अवस्थामा अब त प्रकृतीले पनि जिल्लालाई तहसनहस गर्नतर्फ उग्ररुप लिइरहेको छ । 
    तसर्थ प्रकृति प्रकोप र कृतिम प्रकोपबाट बच्न र बचाउन स्थानीयहरु नै अग्रसर हुनु जरुरी छ भने जिल्लालाई एउटा सहज वातावरणमा ल्याउन सरोकारवाला निकायले आवश्यक कदम समेत चाल्नु पनि उत्तिकै जरुरी रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट